शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


भूमिहीन नागरिकलाई न्याय हुने गरि सर्वोच्च अदालतको फैसला स्वागत योग्य : नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेत

भूमिहीन नागरिकलाई न्याय हुने गरि सर्वोच्च अदालतको फैसला स्वागत योग्य : नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेत



भक्तपुर, १५ मंसिर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा नेता महेश बस्नेतले भूमिहीन नागरिकलाई न्याय हुने गरि आजको सर्वोच्च अदालतको फैसला स्वागत योग्य भएको बताउनु भएको छ । उहाँले आजको सर्वोच्च अदालतको फैसलाले राष्ट्रिय भूमि आयोगको काम पुनः सुचारु हुदै भूमिहिनहरुलाई न्याय मिल्ने बताउनु भएको छ ।

उहाँले चारलाखभन्दा बढी भूमिहीन नागरिकको संविधानप्रदत्त आवासको हक र १० लाखभन्दा बढी अव्यवस्थित बसोबासीको दशकौँ पुरानो समस्या समाधानतर्फको बाटो फेरि खुलेको शताउनुभयो ।

उहाँले अब कामको रफ्तार अझ बढोने र परिणाम नागरिकसम्म छिटो पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले अदालतको निर्णयको पूर्ण सम्मान गर्दै, स्थायी, सुरक्षित र सम्मानजनक बसोबास सबै नागरिकका लागि सुनिश्चित हुनु पर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  रास्वपा सभापति लामिछाने पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित