शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


एमाले महाधिवेशन उद्घाटनस्थलमा तयारी तिब्र, देशभरबाट पाँच लाख कार्यकर्ताको सहभागिता रहन्छ : एमाले नेता महेश बस्नेत

एमाले महाधिवेशन उद्घाटनस्थलमा तयारी तिब्र, देशभरबाट पाँच लाख कार्यकर्ताको सहभागिता रहन्छ : एमाले नेता महेश बस्नेत



भक्तपुर, २२ मङ्सिर : नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी जग्गामा अस्थायी संरचना निर्माण कार्य तिब्र पारिएको छ । महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहदाँ उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथिहरुलगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण कार्य तिब्र पारिएको छ ।
नेकपा एमालेका पोटिलव्यूरो सदस्य महेश बस्नेतले भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटनस्थलमा अस्थायी संरचना निर्माण कार्य तिब्र गतिमा सुरु गरिएको जानकारी दिनुभयो । भक्तपुरको मौलिक पहिचान झल्किने गरि परम्परागत शैलिमा निर्माण हुने मञ्चका साथै अन्य संरचनाहरु निर्माण कार्य तिब्र गतिमा भइरहेको जानकारी दिदै उहाँले उद्घाटनका दिनमा करिब पाँच लाख मानिसको कार्यक्रममा सहभागिता रहने दाबी गर्नुभयो ।
नेता बस्नेतले भन्नुभयो, “महाधिवेशन आउन पाँचदिन बाँकी छ, सबैतिरको तयारी भइरहेको छ । मञ्च व्यबस्थापनको काम सुरु भइसकेको छ । भक्तपुरमा पाँच लाख मानिस महाधिवेशनको उद्घाटन सत्रमा आउँने अनुमानका साथ तयारी भइरहेको छ । सोही अनुसारले स्वयंसेवकहरु परिचालनको नीति बनेको छ ।”
उद्घाटन स्थलमा १० हजार स्वयंसेवक परिचालन गरिने र ५५० जना स्वयंसेवक पोशाकसहित सहभागि हुने भएका छन् । युवासंघले ५० हजार कार्यकतालाई उद्घाटनस्थलमा ल्याउने र नेशनल भोलियन्टरले १० हजार कार्यकर्तालाई कार्यक्रमस्थलमा स्वयंसेवकका रुपमा पचिचालन गर्ने भएको छ ।
महाधिवेशनमा सहभागि हुन बिभिन्न जिल्लाबाट आउँने प्रतिनिधिहरुको सवारी साधनलाई जगातीबाट ईटा टायल कारखाना एवं स्थानीइ प्लटिङमा पार्किङ्ग गर्ने र र्यालीसहित सल्लाघारी उद्घाटनस्थलमा आउने र पश्चिमबाट आउँने सवारी साधनलाई मध्यपुरथिमिको गठ्ठाघरस्थित नागगरिक उड्यान प्राधिकरणको खाली जग्गा एवं कमेरोटार क्षेत्रका खाली जग्गामा पार्किङ्ग गरेर र्यालीसहित सल्लाघारी आँउने व्यबस्था गरिएको उहाँले जानकारी दिनुभयो
महाधिवेशनमा करिब दुईहजार पाँच सय प्रतिनिधिको सहभागिता रहने र पाँच प्रतिशत मनोनित हुने प्रतिनिधिको छनोट प्रक्रिया शिर्षस्थ नेताहरुको टोलीले गरिरहेको उहाँले जानकारी दिनुभयो । यस पटकको महाधिवेशनमा एमालेले कूल प्रतिनिधि संस्ख्यामा एक चौथायी जेनजी युवाहरुलाइै प्रतिनिधि बनाएको र केन्द्रीय कमिटीमा पनि जेनजीको प्रतिनिधित्व सुनिश्चित गरिने नेता बस्नेतले जानकारी दिनुभयो ।
यही मङ्सिर २७ गते १२ बजे उद्घाटन सत्र सुरु गरि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने तथा २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयान गरने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  पीडित जनताको पीडामा मल्हम बनेर पुगे स्वास्थ्य मन्त्री किरण थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित