काठमाडौं, २९ मंसिर । विगत ३१ वर्षदेखि बालअधिकारको संरक्षणका लागि कार्य गर्दै आएको सिविसकी अध्यक्ष विमला ज्ञवालीले एक मात्रै बालबालिका हिंसामा परे भने पनि सबै बालबालिका असुरक्षित छन् भन्ने सम्झनु पर्ने बताउनु भएको छ ।
काठमाडौंमा सोमबार राष्ट्रिय बाल अधिकार परिषद् ललितपुरको आयोजना तथा सिविसको सहकार्यमा आयोजना गरिएको बालबालिका केन्द्रीत अनुसन्धान सम्बन्धी छलफल कार्यक्रममा बालअधिकारको सवालमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “एक मात्र बालबालिका पनि सडकमा कुनै पनि प्रकारको दुव्र्यबहार वा हिंसामा पर्छ भने कुनै पनि बालबालिका सुरक्षित छैनन् भन्ने बुझेर काम गर्नुपर्छ ।”
बालबालिका हिंसामा पर्दा आउने दबाबका समस्यालाई कानूनको कार्यान्वयन गर्ने निकायले निकासमा पुर्याएर पीडितलाई न्याय दिने मामिलामा शसक्त भएर उभनु पर्नेमा जोड दिदै उहाँले बालबालिकामाथि हुने घटनाको अनुसन्धान गर्दा मानव अधिकार, संवेदनशीलता र मनोवैज्ञानिक पक्षलाई केन्द्रमा राख्नुपर्ने उनीहरूको डर, पीडा र मनोभावनालाई बुझेर अनुसन्धानलाई चुस्त बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले बालअधिकारको क्षेत्रमा विगत ३१ वर्षदेखि कार्य गर्दै आएका सिविसले प्रहरीसंगका अनुसन्धानदेखि प्रभावकारी बनाउँन उजरी दिने न्याय प्रणालीमा जाने, लैजाने, कार्यमा सहजीकरण गर्दै आएको स्मरण गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले कानूनको विवादमा परेका विषयलाई प्रहरीले सहजता, फलदायी गोपनीयता र न्यायिक प्रक्रियालाई सहजता बनाउँन आवश्यक रहेको बताउनुभयो ।
उहाँले बालबालिका सम्बन्धी उजुरीको अनुसन्धानलाई बालमैत्री बनाउनु पर्नेमा जोड दिदै बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै समुन्नत समाज निर्माण गर्न अझै पनि नीति निर्माणमा सुधार आवश्यक रहेको बताउनुभयो ।

