भक्तपुर, २ चैत्त : वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुरको पलासेँ तारकेश्वर सडक खण्डको शिलान्यास गर्नु भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नंं ८ पलाँसेमा आईतबार आयोजना गरेको शिलान्सार कार्यक्रममा सडकको शिलान्याससंगै सडकको स्तरोन्नतीसमेत सुरु भएको छ ।
वागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित रु. ३० करोडको लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य सहित सूर्यविनायक नगरपालिका वडा नं. ८ र ९ हुदै सूर्यविनायक चक्रपथलाई सहज रुपमा जोड्ने मन्त्री थापाले बताउनुभयो ।

पलासेँबाट दुर्गम मानिएको काक्राबारी, पवित्र धार्मिकस्थल आशापुरी, नैचाल, पर्यटकीयस्थल रानीकोट, घ्याम्पेडाँडा हुदै तारेक्वर सडक खण्डको कालोपत्रसमेत गरिने गरि बजेट व्यबस्थापन गरेर आजैबाट निर्माण सुरु भएको उहाँले जानकारी दिनुभयो ।
यो सडक निर्माणसंग सूर्यविनायक वडा नं. १ देखि १० सम्मको सूर्यविनायक चक्रपथ सडकहुदै आवतजावत गर्न, काभ्रेबाट भक्तपुर आवतजावत गर्न समेत सहज र छोटो हुने मन्त्री थापाले बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले यो सडकको निर्माणसंगै सूर्यविनायक नगरपालिका भित्र रहेका शिव मन्दिरहरु जोड्ने शिव सर्किटमा जान आउँन सहज हुने बताउनुभयो । उहाँले यहाँका ग्रामिण क्षेत्रका उत्पादनलाई हजर रुपमा बजारीकरण गर्न, यहाँको फस्टाउँदै गएको पयर्यटनलाई अझै बिस्तार एव विकसित गर्नसमेत सडकले टेवा दिने बताउनुभयो ।कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष भगवाण खड्काले सडक बिस्तारले यहाँको आर्थिक उन्नतीमा टेवा पुग्ने बताउनुभयो ।–––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

