आइतवार, साउन १०, २०८३ | Sun July 26, 2026


पूर्व गृहमन्त्री लेखकलाई पक्राउ

पूर्व गृहमन्त्री लेखकलाई पक्राउ



भक्तपुर, १४ चैत ः पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–५ कटुन्जेस्थित भाडाको घरमा बस्दै आउनु भएका लेखकलाई आज बिहानै प्रहरीले गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुर्यबहादर खड्काले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरि काठमाडौं लगेको छ ।
त्यसैगरि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न गुण्डुस्थित निवासमा प्रहरीको टोली पुगेको उहाँले जानकारी दिनुभयो ।–––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता, यदि सकिँदैन भने सहर्ष विदाई नै इश्वर पोख्रेलको निमित्त सही बिकल्प हो : एमाले नेता महेश बस्नेत

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित