भक्तपुर, २१ बैशाख : सरकारले मनोहरा नदी किनारा, काठमाडौं माछापोखरी र बल्खु क्षेत्रका सुकुम्वासी बस्ती हटाएर त्यहाँबाट सारिएको सुकुम्वासीलाई अस्थायी सेल्टरको रुपमा राखिएको भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा आज स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले तत्काल भक्तपुरका दुई सरकारी कार्यालयमा राखिएका सुकुम्वासीहरुको स्वास्थ्य परीक्षण एवं उपचार गर्न निर्देशन दिए लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आज यहाँ स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।शिविरमा भक्तपुर अस्पतालको चिकित्सक, नर्स, प्राबिधिक टोली, तील गंगा आँखा अस्पतालको आँखा रोग बिशेषषसहितको टोलीद्धारा आज दिनभर स्वास्थय शिविर सञ्चालन गरि सेल्टरमा रहेका १५८ जनाको सबै रोगको स्वास्थ्य परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत एवं कार्यालयकी प्रमुख अञ्जना खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रदेशको स्वास्थ्य मन्त्रालबाट मन्त्री किरण थापा र सचिव डा. सुमित्रा गौतमले तत्काल सरकारले राखेको सेल्टरमा गएर सुकुम्वासीको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिए पछि आज यहाँ रहेका सबै सुकुम्वासी बस्तीबाट सारिएकाहरु २६ जना बालबालिकासहित १५८ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेका छौ ।’शिविरमा घाँटीमा प्वाल पारेर उपचार गराईरहेका आठ वर्षीय बालक, घाउँमा नियमित ड्रेसिङ्ग गर्नुपर्ने विरामी, प्यारालाईसिस भएका जेष्ठ नागरिक, दृष्टिबिहान परिवार, कृष्ठरोगी, हिड्न र बोल्न नसक्ने तथा सुष्त मनस्थिति भएका परिवार, सुत्केरी, गर्भवतीलगायतका विरामीहरु समेत सेल्टरमा रहेको उहाँले बताउनुभयो । हिड्न नसक्नेहरुलाई सेल्टरको बेडमै गएर स्वास्थ्य परीक्षण गरि औषधि वितरण गरिएको जानकारी दिदै उहाँले स्वास्थ्य शिक्षा र मनोपरामर्श सेवा समेत दिईएको बताउनुभयो ।

क्षयरोगका विरामी पनि हुन सक्ने आशंकाले जन्त्र नामक संस्था र भक्तपुरको राष्ट्रिय क्षयरोग केन्द्रलाई तत्काल एआई प्रबिधिको मेशिनबाट क्षयरोगको परीक्षण गर्न अनुरोध गरेको जानकारी दिदै कार्यालय प्रमख खड्काले भोलीबाट नियमित स्वास्थ्य सेवा प्रवाह गर्न स्थानीय सरकार, निजी अस्पतालहरुसंग समन्वय गरिरहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य शिविरमा उपचार हुन नसकेका विरामीलाई आजैबाट भक्तपुर अस्पताल थप उपचारका लागि पठाईएको र त्यहाँ निःशुल्क उपचार एवं औषधि वितरणको व्यबस्था गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्री किरण थापाले संघीय स्वास्थ्य मन्त्रालयसंगसमेत यसबारेमा छलफल भइरहेको जानकारी दिदै प्रदेश सरकारले सेल्टरमा रहेसम्म यहाँका विरामीको सेवामा वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपचारको जिम्मेवारी लिने बताउनुभयो ।
यहाँ रहेका २६ जना बालबालिकालाई आजबाट मानिटर मार्फत शिक्षा सम्बन्धी चेतनामूलक जानकारीसहितको कक्षा सञ्चालन गरिएको र मंगलबारबाट अस्थायी रुपमा नियमित पठ्न पाठन समेत सुरु गर्ने भएको छ । जनस्वास्थ्य अधिकृत खड्काले सरकारले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका २६ जना सुकुम्वासी, गर्भवती, सुत्केरी, अन्य विरामी र सबैको स्वास्थ्य परीक्षण गरि औषधि वितरण गरिएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

