बुधबार, कार्तिक २६, २०८३ | Wed November 11, 2026


भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु



भक्तपुर, २१ बैशाख : भक्तपुरमा आज बा.४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिदाँ एक भारतीय नागरिकको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरुप शर्माले जानकरी दिएको छ ।
काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घरभई बनेपा बस्दै आएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई भने प्रहरीले पक्राउ गरि घट्नाको थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित