शुक्रबार, बैशाख २५, २०८३ | Fri May 08, 2026


“सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८३” सुरु

“सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८३” सुरु



भक्तपुर, २४ बैशाख : सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘सूर्यविनायक मेयरकप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ आजबाट सुरु भएको छ ।
सूर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिका–८ हेल्दी फुटसलमा सुरु भएको प्रतियोगितामा जिल्लाभरिबाट २८ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो ।
बैशाख २६ गते शनिबार सम्पन्न हुने प्रतियोगिताको नगरपालिकाका उपप्रमुख सरिता तिमसिना भट्टराईले उद्घाटन गर्नुभयो ।  उहाले खेल क्षेत्रले युवापुस्ता तथा बालबालिकालाई अनुशासित, सक्रिय र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने बताउदै नगरपालिकाले खेलकुदको विकासमार्फत समग्र मानवीय विकास, सामाजिक सद्भाव तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न निरन्तर काम गरिरहेको चर्चा गर्नुभयो ।
फुटसल आधुनिक तथा लोकप्रिय इनडोर खेलको रूपमा विश्वभर तीव्र रूपमा फैलिरहेको खेल भएको बताउदै यस खेलले खेलाडीमा तीव्र निर्णय क्षमता, समन्वय, अनुशासन, सहकार्य र शारीरिक तन्दुरुस्ती विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।  खेलकुदमार्फत युवाहरूमा अनुशासनदेखि सकारात्मक ऊर्जा फैलाउने उद्देश्यका नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर गतिबिधीहरु गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नगरपालिका सामाजिक विकास शाखाका प्रमुख तथा नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले नगरपालिकाले खेलकुदको विकासका लागि निःशुल्क प्रशिक्षणदेखि प्रतियोगिताहरु गर्दै आएको बताउदै युवाहरुलाई खेलमा आकर्षित गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न लागिरहेको बताउनुभयो ।
कार्यक्रममा समितिका सदस्य सचिव दिपक थापाले २६ गते शनिवार नगर प्रमुख वासुदेव थापाद्धारा प्रतियोगितामा प्रथम हने टिमलाई नगद रु. ६० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।  प्रतियोगितामा दोश्रो हुने टिमलाई रु.३० हजार, तेश्रो हुने टिमलई रु.२० हजार, सान्त्वना हुने टिमलाई रुं १० हजार नगद, शिल्ड, मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो । उच्च अर्थात सबभन्दा बढी गोलकर्तालाई रु. १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित