भक्तपुर, २६ बैशाख : जिल्ला प्रहरी परिसर भक्तपुरले आज स्वीप अपरेशन सञ्चालन गरि मसाज, स्पा सेन्टर र अन्य क्षेत्रमा छापामारी ७९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले आज मध्यपुरथिमि, राधेराधे, सूर्यविनायक र भक्तपुरका बिभिन्न ठाउँमा सञ्चालनमा रहेको मसाज सेन्टर, स्पा सेन्टरलगायतमा छापामारि सेन्टरमा काम गर्ने ४२ जना महिला र २२ जना पुरुष गरी ६४ जनालाई पक्राउ गरेको हो ।
स्वीप अप्रशेनका क्रममा अन्य बिभिन्न क्षेत्रबाट थप १५ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
हाल भक्तपुर जिल्लाभरिमा १०० भन्दा बढी मसाज तथा स्पा सेन्टरहरु सञ्चालनमा रहेका छन् । राधेराधेको एक किलोमिटर आसपास क्षेत्रमा मात्रै ११ वटा मसाज सेन्टर सञ्चालनमा छन् ।
प्रहरीले मसाज सेन्टरमा सादा प्रहरीलाई ग्राहक बनाएर पठाउँदै पक्राउ गर्दै गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

