सोमवार, जेष्ठ ४, २०८३ | Mon May 18, 2026


तीनसय वर्ष पुरानो छालिङ्गको मत्स्यनारायण मन्दिरमा एक महिने मेला आजबाट सुरु

तीनसय वर्ष पुरानो छालिङ्गको मत्स्यनारायण मन्दिरमा एक महिने मेला आजबाट सुरु



भक्तपुर, ३ जेठ : भक्तपुरको दक्षिण तर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्कि सडक हुदै पुग्न सकिने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित ३०० वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा तोरणलगायत बिभिन्न ंिगारिक बस्तुहरुले सिगरेर झकिभलकउ बनाईएको छ ।
करिब पाँच वर्ष अगाडिसम्म पक्कि सडकको पहुँचबाट टाढा ग्रामिण क्षेत्रमा ओझेलमा रहेको यस मन्दिरमा नगरपालिका र प्रदेश सरकारको बजेटले निर्माण गरिएको बिभिन्न धार्मिक संरचनाहरु र सुन्दर ग्रामिण परिवेशमा उभिएको ३०० वर्ष पुरानो ऐतिहासिक यस मन्दिरमा आजबाट एक महिने मत्स्यनारायण मेला सुरु भएको छ ।  मेलाको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गर्दै भक्तपुरका उत्तरतर्फका ग्रामिण क्षेत्रको विकासलाई तिब्रता दिदै विश्वमाझ मत्स्यनारायणलाई चर्चामा पर्याउन निर्माण भएको यहाँको संरचना र आत्नरिक पर्यटकको आकर्षणले यहाँको पहिचान बदलिएको बताउनुभयो ।
उहाँले ग्रामिण पर्यटनको विकास र सिंगो चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न संघीय सरकारसंग नगरपालिकाले माग गरिरहेको बताउदै आन्तरिक र बाह्य पर्यटकको बाक्लो आगमन, ठूला होटलको निर्माण र होमस्टेले यहाँका पर्यटनको विकासलाई अगाडि बढाईरहेको बताउनुभयो । कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष एवं मत्स्यनारायण मन्दिरका संरक्षक जयन्द्र खड्काले यहाँको ऐतिहासिक धार्मिक क्षेत्रको विकास र पर्यटनको विकासको अवसरलाई गुम्न नदिने गरि अगाडि बढिरहेको बताउनुभयो ।
एकमहिने पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले एक महिने मेलालाई व्यबस्थापन सिंगो गाउँ लागेको बताउदै स्थानीयस्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनको व्यबस्था, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन, यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरेको बताउदै भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर,
साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा आगमन हुने बताउनुभयो ।
मन्दिर संरक्षकसमेत रहेका पुरीले भन्नुभयो, ‘यो ३०० वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।’
स–साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामलेसमेत चिनिने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिसरमा मलमासमा ५० हजार भन्दा बढी दर्शनार्थीको आगमन हुने र यसले आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने विश्वास रहेको बताउनुभयो । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका विभिन्न रोग नाश हुने जनविश्वास रहँदै आएको उहाँले बताउनुभयो ।
मच्छेनारायण मन्दिर परिसरमा रहेको श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्रामको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको यसै वर्ष स्थापना गरिए पछि यहाँको धार्मिक महत्व र आकर्षण अझै बढेको स्थानीय बताउँछन् ।
ख्यो पुखमा एक महिनने मृला सुरु :
यसैगरी भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) आजबाट एकमहिने मत्स्यनारायण अर्थात पुरुषोत्तम मलमास मेला सुरु भएको छ । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिने  र यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेको मेला व्यबस्थापन समितिले जानकारी दिएको छ ।
यस क्षेत्रमा प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्क निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनुभयो । यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्ने गरेको छ भने बालाचर्तुदशीमा महाद्वीप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरी सद्बिज छर्न पनि यहाँ घुइँचो लाग्ने गरेको पुरी बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउन भक्तपुर अस्पतालले साउनदेखि घरदैलो स्वास्थ्य अभियान सञ्चालन गर्ने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित