भक्तपुर, २० कात्तिक । मतदान गर्ने दिन आउान मात्र १४ दिन बाँकी छ । मतदान गर्ने दिन जति नजिक नजिक आउँदैछ, उतिनै एमालेको पक्षमा जनलहर उर्लिदो छ । एमाले क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीले आइतवार साँझ सूर्यविनायक नगरपालिका वडा नं. ४ मा आयोजना गरेको घरदैलो कार्यक्रममा सिंगो दधिकोटमा जनलहर आएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत र प्रदेश सभा ‘क’ सूर्यविनायक क्षेत्रका एमालेका उम्मेदवार किरण थापाको पक्षमा मतादन गर्न आतुर स्थानीयवासीले स्वागत गर्दै घरदैलो कार्यक्रममा सहभागिता भएका छन् ।
एमालेको घरदैलो कार्यक्रमका सुरुभएपछि सयौंका संख्यामा स्थानीयवासीले आफ्नो घरको अगाडी स्वागत गरेका थिए । सयौंको संख्यामा स्थानीयवासीले एमाले उम्मेदवार बस्नेत तथा थापालाई माला, खादा तथा अविर लगाई स्वागत गर्दै विजयीको लागि शसभकामना व्यक्त गरे ।
घरदैलो अभियानमा सहभागिहरु सूर्यमा भोट हालौ भन्दै गीत बजाएर स्वागत गरेका थिए । विकासका संवाहक महेश बस्नेत र किरण थापालाई एमालेले मात्र नभई सत्ता गठबन्धनका दलहरुका सदस्यहरु समत एमालेको झण्डा बोकेर बस्नेत र थापाललाई टोलीसहित कार्यकर्ता समेत रहेका थिए । उनीहरुले भक्तपुरको विकास र समृद्धिको लागि महेश बस्नेत र किरण थापाको विकल्प नभएको भन्दै स्थानीयवासीले एमालेको सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताए ।
उनीहरुले स्वागतका क्रममा ‘मंसिर ४ एमाले सरकार’, ‘महेश किरण जिन्दावाद’, ‘भक्तपुरवासीले के भन्छन्, महेश किरण ले भन्छन् ‘सूर्यमा छाप झ्याप झ्याप’ लगायतका उम्मेदवार बस्नेतको नेतृत्वमा भएका विकासका कार्यहरुलाई नारा लगाई भव्य रुपमा स्वागत गरेका थिए । स्वतस्फर्त रुपमा चोक चोकमा स्थानीयवासीले उहाँहरुलाई स्वागत गर्दै नारा लगाएका थिए ।
टीका, माला र खादा लगाएर एमाले उम्मेदवार बस्नेत र थापाले जनताको स्वागत र आशिर्वादले विजयी निश्चित हुन्छ भन्दै उहाँले एक दिन एक भोट दिनुस् पाँच वर्ष सेवा गर्छौ भन्दै जनताको चाहना शतप्रतिशत पुरा हुने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा एमालेको केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई, बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतका जिल्ला तहका नेता तथा कार्यकर्ताको साथमा उत्साहजनक रुपमा स्थानीयवासीको सहभागिता रहेको थियो ।

