भक्तपुर, ७ जेष्ठ : भक्तपुर अस्पताल आज देशभरीकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । सेकेण्डरी बी लेभलबाट सेकेण्डरी ए लेभलका अस्पतालहरुको न्युनतम सेवा मापदण्डमा देशभरीका बी लेभका १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा भक्तपुर अस्पताल देशभरकीकै उत्कृष्ट अस्पताल आज घोषणा भएको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताउनुभयो ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्धारा गत जेठ ५ र ६ गते बिज्ञहरु सहित गरिएको न्युनतम सेवा मापदण्ड (एमएमएस) मुल्यांकन आज गरिएकोे मुल्यांकन समितिले आज भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा सार्वजनिक गरिे मुल्याकनमा ९३ प्रतिशत अंक प्राप्त गरि देशभरकै उत्कृष्ट अस्पताल घोषणा भएको हो ।
गतवर्ष उक्त अस्पतालले ९० अंक ल्याएर देशभरीमै उत्कृष्ट भएकोमा यसवर्ष अस्पतालले यसवर्र्ष ३ अंक सुधार गर्दै ९३ अंक ल्याएर देशभरीकै उत्कृष्ट भएको हो ।
आज अस्पतालमा आयोजित न्युनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिटको समिक्षा कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा.नरेन्द्र कुमार झाले अस्पतालका कर्मचारीहरुको लगनशीलता र मिहनेनतले भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पताललाई विशिष्टकृत गर्दै लैजाने बताउदै अस्पतालमा न्युरो सर्जरीको लागि स्तोरन्नती गर्ने प्रयास भइरहेको बताउदै अस्पतालमा अझै सेवा र सुबिधा थप गर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

