शुक्रबार, जेष्ठ १५, २०८३ | Fri May 29, 2026


सूर्यविनायकमा शनिवार निःशुल्क घुम्ती हाटबजार, उपभोक्ताका लागि सांगीतिक प्रस्तुती हुने

सूर्यविनायकमा शनिवार निःशुल्क घुम्ती हाटबजार, उपभोक्ताका लागि सांगीतिक प्रस्तुती हुने



====================================

वडाअध्यक्ष पुष्पराज बस्नेतले घुम्ती हाटबजारमा १०० भन्दा बढी एसईई परीक्षामा उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान समेत गरिने बताउनुभयो । हाट बजारलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन सांगीतिक ब्याण्ड एवं चर्चित गायक मानस राजको विशेष सांगीतिक प्रस्तुति रहने बताउदै उहाँले हाट बजारमा आउनेले मनोरञ्जनसमेत लिन पाउँने बताउनुभयो । 

=====================================
भक्तपुर, १५ जेठ : ‘दिगो विकास व्यवस्थित शहरस् स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाको आयोजना एवं वडा नं. ८ कार्यालयको व्यबस्थापनमा सिपाडोलमा निःशुल्क घुम्ती हाट बजार सञ्चालन हुने भएको छ ।
हाट बजारबारे जानकारी दिदै वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको प्रत्येक सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने लक्ष्यसहित शनिवार सूर्यविनायक गणेश मन्दिर नजिकै सूर्यविनायक पार्टी प्यालेसमा  घुम्ती हाट बजार सञ्चालन गर्ने तयारी पुरा गरेको जानकारी दिनुभयो ।
स्थानीय उत्पादनलाई बिचौलयाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरि नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको वडा नं. ८ का वडाध्यक्ष एवं सामाजिक विकास शाखाका प्रमुख पुष्पराज बस्नेतले बताउनुभयो ।
घुम्ती हाटबजारमा स्थानीय रैथाने अर्गानिक उत्पादनहरु, हरिया तरकारीहरु, गुन्द्रुक, सिन्की, मस्यौरा, जिम्बु, च्याउँ, कृषिको बिउँ बिजन, कम्पोष्ट मल, नेवारी खाजा सेट, योमरी, बारा, पानीपुरी, चटपटे, फास्टफुड, फुड स्टलहरू, नर्सरी, अचार, लसुन, सुत्केरी मसला, ड्राइफ्रुट्स, वाटेको धुप, वेसार, हर्बल सामग्रीहरू, कुरीलो, स्थानीय फलफूल, हस्तकलाका गरगहना, मखमली जुत्ता, कपडाको कुसन कभर तथा घरेलु उद्योगका उत्पादनहरू हाट बजारमा रहनेछ ।
हस्तकलाका सामग्रीहरुको ५५ भन्दा बढी स्टलहरू रहने बजारमा नर्सरी, विभिन्न प्रकारका फुड स्टलहरू हस्तकलाका सामग्री राखिने मेलामा हस्तकलाका गरगहना, मखमली जुत्ता, कपडाको कुसन कभर तथा घरेलु उद्योगका उत्पादनहरू राखने उहाँले बताउनुभयो ।
वडाअध्यक्ष बस्नेतले घुम्ती हाटबजारमा १०० भन्दा बढी एसईई परीक्षामा उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान समेत गरिने बताउनुभयो । हाट बजारलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन सांगीतिक ब्याण्ड एवं चर्चित गायक मानस राजको विशेष सांगीतिक प्रस्तुति रहने बताउदै उहाँले हाट बजारमा आउनेले मनोरञ्जनसमेत लिन पाउँने बताउनुभयो ।
नगरपालिकाले हाट बजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाट बजार सञ्चालन कार्यबिधी स्वीकृत गरि सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समिक्षा गरि वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्ने गरि तयारी गरेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  अख्तियारद्धारा छ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित