मङ्लबार, जेष्ठ १९, २०८३ | Tue June 02, 2026


सिपाडोलमा बुधबार निःशुल्क स्वास्थ्य शिविर हुदै स्वास्थ्य जाँच गराउन वडाध्यक्ष पुष्पराज बस्नेतको आव्हान

सिपाडोलमा बुधबार निःशुल्क स्वास्थ्य शिविर हुदै स्वास्थ्य जाँच गराउन वडाध्यक्ष पुष्पराज बस्नेतको आव्हान



भक्तपुर १९ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलले आफ्ना नागरिकलाई स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले भोली बुधबार बृहत निःशल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

सिपडोल स्वास्थ्य चौकी सिपाडोलमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने शिविरमा काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरको विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य सेवाहरु निःशुल्क रुपमा उपलव्ध गराईएने वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा निःशुल्क उपलब्ध हुने सेवाहरुमा जनरल मेडिसिन, स्त्री रोग, ऑखा रोग, बाल रोग, दन्त रोग, इ.सि.जि , शल्यक्रिया र सर्जरी, भिडियो एक्स रे, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाटीको जाँच गर्नुका साथै ल्याबको समेत सेवा प्रवाह हुने उहाँले जानकारी दिनुभयो ।

शिविरमा निःशुल्क औषधी समेत वितराण् हुने जानकारी दिदै उहाँले सम्पूर्ण वडावासीलाई अवसरको फाईदा उठाउँदै शिविरमा सहभागि हुन वडा अध्यक्ष बस्नेतले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  ‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को विजेता -पाण्डु बजार फुटबल क्लब

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित