भक्तपुर, २० जेठ : चाँगुनारायण नगरपालिका वडा नं ८ मञ्जुश्री गुम्बा नजिक आज साँझ ढलान सकेर भक्तपुरतर्फ फर्किदै गरेको ट्रयाक्टर पल्टिदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
दुर्घटना भएको ट्रयाक्टर पल्टिएर मजदुर च्यापिदा भोजपुर नगरपालिका घरभई हाल काठमाडौं सिनामंगल बस्ने ३२ वर्षीय विजय राई र सिन्धुली घरभई हाल काठमाडौं सिनांगल बस्ने २६ वर्षीय हेमबहादुर नेपालीे ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
आज कलमसिस्थित एक होटलमा साँझ ढलान सकेर १२ जना ढलान मजदुर बोकेर फर्कदै गरेको ट्रयाक्टर ब्रेक फेल भई दुर्घटना हुँदा घाईते भएका मजदुरहरुको भक्तपुरको बिभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घट्ना पछि स्थानीयवासी र प्रहरीले घाईतेको उद्धार गरि अस्पताल पठाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

