बिहिबार, भदौ ११, २०८३ | Thu August 27, 2026


प्रदेश सरकारको संयोजनमा भक्तपुरदेखिका अस्पतालका चिकित्सक टोली विपद क्षेत्रमा परिचालन

प्रदेश सरकारको संयोजनमा भक्तपुरदेखिका अस्पतालका चिकित्सक टोली विपद क्षेत्रमा परिचालन



भक्तपुर, १० भदौं । बागमती प्रदेश सरकारले बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशअन्तर्गतका अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन थालेको छ ।
प्रदेशका मुख्यमन्त्री किरण थापामगरले स्वासथ्य टोली विपद क्षेत्रमा पठाउन निर्देशन दिए लगत्तै प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमको संयोजनमा क्षतिग्रस्त तथा प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य टोली खटाइएको हो ।
विपद क्षेत्रमा बाढीपीडितको उपचारका लागि भक्तपुर अस्पतालबाट डा. दिवाकर सुवेदी (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ), डा. विजय भट्ट (जनरल सर्जन), डा. कविकान्त चौधरी (मेडिकल अधिकृत), दिपेश खड्का (आइटी इन्जिनियर), सङ्गिता प्याकुरेल (स्टाफ नर्स) र अलिसा पोट्रेल (हेल्थ असिस्टेन्ट) सम्मिलित टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको बागमती स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।
त्यसैगर काठमाडांैको टोखा चण्डेश्वरी अस्पतालबाट त्रिशूलीतर्फ आकस्मिक स्वास्थ्य टोली परिचालन गरिएको जानकारी दिदै उहाँले टोलीमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्का, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सिबेश बर्मा, एनेस्थेसिया सहायक सङ्गिता छत्कुली, औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि स्टोरकिपर लीलाबहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धोकुमारी राना र सवारी चालक उत्तरकुमार गुरुङ प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको उहाँले बताउनुभयो ।
त्यस्तै काठमाडौंको बज्रबाराही अस्पतालबाट आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको बताउदै सचिव डां गौतमले हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कासिन नेपाली, मेडिकल अधिकृत डा. आयुषजङ्ग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स सण्डिला महतको टोली प्रस्थान गरेको बताउनुभयो ।
प्रदेश सरकारले अन्य प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मी परिचालनको तयारी गरिरहेको जानकारी दिदै उहाँले विपद्को अवस्था थप जटिल हुन सक्ने भन्दै प्रदेशअन्तर्गतका सम्पूर्ण अस्पताललाई आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा जनशक्तिसहित तयारी अवस्थामा रहन निर्देशन दिइएको सचिव डा. गौतमले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  दूर्लभको दैलोबाट एमाले उम्मेदवार महेश बस्नेत र किरण थापालाई विजयको सन्देश : हेर्नुस् तस्विरमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित