शुक्रबार, अशोज ९, २०८३ | Fri September 25, 2026


बागमती प्रदेसका मुख्यमन्त्री किरण थापामगरले विदुर नगरपालिकाको बासिन्दाका लागि आवास निर्माण गर्न जग्गाको अवलोकन

बागमती प्रदेसका मुख्यमन्त्री किरण थापामगरले विदुर नगरपालिकाको बासिन्दाका लागि आवास निर्माण गर्न जग्गाको अवलोकन



नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले प्रभावित विदुर नगरपालिकाको बासिन्दाका लागि आवास निर्माण गर्न बिहिबार बागमती प्रदेसका मुख्यमन्त्री किरण थापामगरले विदुर नगरपालिका वडा नं २ स्थित सार्वजनिक जग्गाको अवलोकन गर्नु भएको छ ।

बागमती प्रदेश सरकारले एक हजार घर निर्माण गर्न बजेट छुट्टाएकाले त्यसका लागि आवश्यक कार्यविधि जारी भएलगत्तै आवास निर्माण कार्य सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

बाढी प्रभावित नागरिकको सुरक्षित पुनस्र्थापना र आवासको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सूर्यविनायकको आफ्नै सुबिधा सम्पन्न नयाँ भवनबाट सेवा प्रवाह सुरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित