भक्तपुर, ७ कात्तिक । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आज भक्तपुरको दधिकोटमा आयोजना गरेको सामुहिक टीका लगाउने कार्य सम्पन्न भएको छ ।
एमाले केन्द्रीय सदस्य महेश बस्नेत, एमाले नेता कैलाश ढुड्गेल, एमाले जिल्ला अध्यक्ष वचन देउजा, एमाले जिल्ला उपाध्यष एवं वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरबाट टीका ग्रहणका लागि आएका एमालेका नेता तथा कार्यकर्तालाई टीका तथा जमरा लगाईदिनु भएको थियो । कार्यक्रममा सबैमा विजयादशमी, दिपावली, नेपाल सम्बत र टठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

