भक्तपुर, २४ कात्तिक । सूर्यविनायक गणेश मन्दिरको आँगनी छेउ । एमालेको चुनावी गाना घन्किरहेको, मन्दिरको गेटै अगाडि आँगनीमा अबिरबाट बनाइएको सूर्यको ठूलो आकृति, हात हातमा टीका, फूल र माला लिई लामबद्ध मतदाता ।
आफ्नो गाउँ, ठाउँको बिकासमा अहोरात्र खटिएका एमालेका नेताहरु दुःख, सुख र आपत विपदमा जनतालाई साथ दिदै आएका नेताहरु महेश बस्नेत, किरण थापालगायत आज आफ्नै घर आँगनमा मंसिर ४ गते हुने निर्वाचनमा मत माग्न आउन लागेको थाहा पाएर स्वागत गर्न प्रतिक्षारत लामबद्ध स्थानीय मतदाताहरु जब उम्मेदवार महेश बस्नेत र किरण थापा आइपुगे पछि उत्साहित हुदै एमालेको पक्षमा नाराबाजी लाग्न थाल्यो ।

जेष्ठ नागरिकदेखि युवा पुस्तासम्म एमालेको चुनाबी गीतमा नाच्न थाले । लामबद्ध मतदाताहरु टीका र माला र फूलले चुनावी प्रतिस्पर्धामा विजयीको शुभकामना दिन थाले । एकाएक माहौल निकै रोचक बन्यो । लाग्यो यो चुनावी घरदैलो होइन, विजयी यात्रा हो । भक्तपुर क्षेत्र नं. २ मा एमालेको तर्फबाट पोलिटव्युरो सदस्य, पूर्वमन्त्री महेश बस्नेत प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा किरण थापा तथा ‘ख’मा चन्दनकृष्ण श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

गणेश मन्दिरबाट सुरु भएको एमालेको घरदैलो कार्यक्रम सयौं जनताको सहभागितामा गणेश माध्यमिक विद्यालयमा पुगेर कोण सभामा परिणत नभएसम्म सडकभर जनताले स्वतस्फुर्त रुपमा एमालेका उम्मेदवारलाई स्वागत गरेको देखिन्थ्यो । सडकभरी स्वागत गर्न आतुर बनेका सयौ नागरिकले लगाइदिएको मालाले उम्मेदवारहरु महेश बस्नेत, किरण थापाको गला भरिएको थियो ।

घरदैलो एमालेका प्रदेश उम्मेदवार थापाको गृह वडा हो । जहाँ स्थानीय तहमा समेत एमालेलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको वडा हो । जनताको उत्साहलाई हेर्दा उक्त वडामा जनताले गठबन्धनका दलहरुलाई समर्थन गर्ने जनता न्युनमात्रा मात्र रहेको बुझ्न सकिन्छ ।
स्वागत गर्ने क्रममा स्थानीय वृद्धवृद्धा तथा युवायुवतीले विगतमा एमालेको नेतृत्वमा भएको विकास र समृद्धिले नै अहिले जनता एमालेको पक्षमा उभिएको भन्दै आगामी दिनमा अझ बढी जनताको माग, चाहना र आवश्यकतालाई मध्यनजर गरी जनमुखी कार्य गर्न आग्रह गरेका थिए । जब १०१ वर्षिय वृद्धाले टीका र माला लगाइ दिएर उम्मेद्वार बस्नेत र थापालाई आर्शिवाद दिँदै विजयीका शुभकामना दिनु भयो ।

उहााले आफुहरुलाई वृद्धभत्ता दिने पार्टी एमालेको सूर्य चिन्हमा मतदान गर्ने बताउदै एमालेका उम्मेदवारको विजय शुनिश्चित रहेको दावी गर्नुभयो । वृद्धाले आफुले देख्ने गरी महेश बस्नेत र किरण थापा सडक बनाएको र अब सडक कालोपत्रे गरेको आफुलाई हेर्ने इच्छा व्यक्त गर्नुभयो । उक्त क्रममा उम्मेदवार बस्नेत र थापाले आफुहरु विजयी भए पश्चात तत्तकाल उक्त सडक कालोपत्रे गर्ने र बुबाले देख्ने मात्र नभई प्रयोग गर्न नै पाउने विश्वास दिलाउनुभयो ।

घरदैलोमा ‘भक्तपुरका जनताले के भन्छन्, महेश किरण ले भन्छन्’, महेश बस्नेत वान्स मोर’, ‘नेकपा एमाले जिन्दावाद’, ‘राष्ट्रघातीलाई चोट, एमालेलाई भोट’, ‘आयो आयो, नेकपा एमाले आयो’, ‘सूर्यमा छाप झ्याप झ्याप’, जस्ता नाराहरु लगाएका थिए । विकास र समृद्धिमा महेश बस्नेतको नेतृत्वमा भएका आयोजनाहरुको वारेमा जनताले नाराका माध्यमबाट प्रस्तुत गरेका थिए भने विजय जुलुश जस्तै एमाले तथा महेश बस्नेत समर्थक गीतहरु गाउँदै सडकमा नै नाचगान समेत गरेका थिए ।

कार्यक्रममा एमाले बागमती प्रदेशका सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार गोविन्द प्रसाद दुलाल, समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको सहभागिता रहेको थियो ।


