बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


भक्तपुर क्षेत्र नं. २ को ‘बृहत निर्वाचन सभा कहिले र कहाँ हुदैछ, यस्तो छ, सभाको कार्यतालिका

भक्तपुर क्षेत्र नं. २ को ‘बृहत निर्वाचन सभा कहिले र कहाँ हुदैछ, यस्तो छ, सभाको कार्यतालिका



भक्तपुर, २६ कात्तिक । आउँदो मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरि नेकपा एमाले भक्तपुर क्षेत्र न.२ ले प्रत्येक दिन बृहत आमसभा गर्ने भएको छ । कात्तिक १७ गतेदेखि घरदैलो अभियान सुञ्चालन गरेको एमालेले अब सभामा केन्द्रीत हुने जनाउदै कुन कुन दिन, कहाँ कहाँ सभा गर्ने हो भन्नेबारेमा जानकारी दिन एमाले क्षेत्र न.२ ले कार्यक्रम तालिका सार्वजनिक गरेको छ । चुनावी प्रचार प्रसारलाई तिब्र पारेको एमालेले घरदैलो कार्यक्रमको साथ साथै चुनावी सभाहरुलाई समेत सँगसँगै लैजाने भएको हो । एमालेले भोलीदेखी कोणसभा शुरु गर्ने कार्यतालिका बनाएको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ ।

एमाले आज कार्तिक २६ गते दिउँसो ३ बजे सूर्यविनायक नगरपालिका वडा नं. ५ चक्रपाणी चोकमा प्रदेश स्तरीय पहिलो खुल्ला भा आयोजना गर्ने भएको छ । त्यस्तै २७ गते दिउँसो ३ बजे मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार, २८ गते दिउँसो ३ बजे सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट, २९ गते दिउँसो ३ बजे मध्यपुर थिमी नगरपालिका वडा नं. ८ बोडेमा प्रदेश स्तरीय खुल्ला सभा गर्ने भएको छ भने मंसिर १ गते क्षेत्र नं. २ को क्षेत्रीय स्तरको खुल्ला सभा मध्यपुर नगरपालिका वडा नं. ६ चपाचोमा दिउँसो ३ बजे आयोजना गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  महोत्सवमा ८० लाख संकलन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित