आइतवार, अशोज २७, २०८१ | Sun October 13, 2024


लुम्बिनी प्रदेश सरकारले चैत २३ गते लुम्बिनीमा पहिलो ‘शान्ति म्याराथन’ आयोजना गर्ने

लुम्बिनी प्रदेश सरकारले चैत २३ गते लुम्बिनीमा पहिलो ‘शान्ति म्याराथन’ आयोजना गर्ने



कर्णाली, चैत ९ । कर्णाली प्रदेशका कुल जनसङ्ख्याको ९६ प्रतिशत जनता सुरक्षित र शुद्ध खानेपानीको पहुँचबाट वञ्चित छन् ।

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार प्रदेशको कुल १६ लाख ९४ हजार ८८९ जनसङ्ख्यामध्ये चार प्रतिशतले मात्रै शुद्ध खानेपानीको पहुँच पुगेको छ ।

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोपाल शर्माले प्रदेशका ८६ प्रतिशत जनतालाई आधारभूत खानेपानी उपलब्ध गराएको र ६ प्रतिशत जनताले आधारभूत खानेपानीको पहुँच नपाएको बताए ।

शर्माका अनुसार प्रदेशका अधिकांश नागरिक खुला पोखरी, खोला, खोलाको अशुद्ध पानी पिउन बाध्य छन् । ७९ वटै स्थानीय तहमा आधारभूत खानेपानी पुर्‍याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको उनले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ शीर्षकमा १ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी कर्णालीका १० वटै जिल्लामा खानेपानी परीक्षण प्रयोगशाला स्थापना भइसकेको छ भने स्थानीय र प्रदेश तहबाट खानेपानीका नयाँ आयोजनाहरु सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सुर्खेतमा चलचित्र महोत्सव जारी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित