शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


एसईई नतिजा असार तेश्रो साता सार्वजनिक गरिने

एसईई नतिजा असार तेश्रो साता सार्वजनिक गरिने



भक्तपुर, २९ चैत : यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न भएको छ । यहीँ चैत १७ गतेबाट देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्ना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको कक्षा १० एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “परीक्षा देशका ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरि कूल दुई हजार ३७ वटा परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको छ । देशभरका सबै केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ, कुनै कुनै केन्द्रमा छिटफुट घट्नाबाहेक अरु केही भएन, त्यसक्रममा केहीलाई कानूनी दायरमा ल्याएका छौ, समग्रमा परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।” यसवर्ष परीक्षामा कूल चार लाख ८४ हजार २२७ जना परीक्षार्थी सहभागि रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यसवर्षको एसईई परीक्षाका सहभागिता जनाउनका लागि २०७८ मा कक्षा नौमा रजिस्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५९१ जना रहेका थिए । कक्षा १० मा आईपुग्दा भने परीक्षामा सहभागि हुन आवेदन दिने विद्यार्थी कूल चार लाख ८४ हजार २२७ जना मात्र रहे । कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेका छन् ।”

नेपालबाट बिभिन्न रोजगारीको कारण जापान पुगेका नेपालीका १४ छोराछोरीले पनि यसवर्ष जापानबाटै परीक्षा दिएका छन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाई हुने टोकयोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईई परीक्षामा सहभागि भएको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख ६ हजार ९५९ विद्यार्थी र सबैभन्दा कम कर्णली प्रदेशमा ४१ हजार ३२९ परीक्षार्थी सहभागी भएका थिए । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी थिए । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागि भएका थिए ।

यो पनि पढ्नुहोस  वैशाख १ गते चरखण्डीदेखि गुप्तेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

नतिजा असार तेश्रो साता :

कार्यालयले एसइई परीक्षाको नतिजा असार तेश्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक श्रेष्ठले भन्नुभयो, “असार तेश्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेका छौँ, त्यसैगरि हामीले कार्य योजनानै तयार पारेका छौँ, कुनै समस्या नआए असार तेश्रो साता अगाडिनै पनि नतिजा सार्वजनिक गर्न सक्छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित