आइतवार, अशोज २७, २०८१ | Sun October 13, 2024


सूर्यविनायक गणेश मन्दिरबाट आज गणेश जन्मोत्सव जात्रा टोलटोलमा परिक्रामा गराई मनाए

सूर्यविनायक गणेश मन्दिरबाट आज गणेश जन्मोत्सव जात्रा टोलटोलमा परिक्रामा गराई मनाए



भक्तपुर, २ असोज । गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक गणेश मन्दिरबाट आज गणेश जन्मोत्सव जात्रा एवं गणेश रथ यात्रा गरि टोल टोलमा गणेशको मूर्ती बिराजमान खटलाई टोलटोलमा परिक्रामा गराई मनाइएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको मूर्तीलाई खटमा बिराजमान गराई सुरु भएको गणेश जन्मोत्सव जात्रा साँझ सम्पन्न भएको हो ।

सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लवको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात इनरे गणेद्यो खट जात्रा बिहान गणेश मन्दिरबाट सुरु भइ दिनभर टोलटोलमा परिक्रमा गराई साँझ सम्पन्न हुने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश जन्मोत्सव जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत चार वर्षबाट सुरु भएको यो जात्रा यसवर्ष पनि हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाइएको छ । यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौ ।”

गतवर्ष जात्रा मनाउन नगरपालिकाको वडा नं. ६ र ८ ले तीन तीन लाख गरि ६ लाख रुपैयाको बजेटको व्यबस्थापन गरेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाको क्षेत्रमा रहेको छ ।

त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो ।
गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो ।

यो पनि पढ्नुहोस  रुघाखोकी भनेर कोरोना सङ्क्रमणलाई बेवास्ता नगरौ

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिने परम्परा छ ।

खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गराएको वडा नं. ७ का वडाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उहाँले बताउनु भयो । जात्रामा यसवर्ष गतवर्ष भन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएको छन् ।

काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भनिन्छ । समितिा अनुसार यस गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको छ । गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित