काठमाडौं, ८ साउन । बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट भक्तपुरका किरण थापा मन्त्री बन्ने भएका छन् । एमालेको भागमा परेको ६ वटा मन्त्रालय मध्ये एमाले भक्तपुरका जुझारु एवं विकासप्रेमी युवा नेता किरण थापा मन्त्री हुने निश्चित भएको हो ।
एमालेबाट ६ जना मन्त्रीहरू नामावली टुङ्याएको छ जसमध्ये काठमाडौंका प्रकाश श्रेष्ठ, काठमाडौंकै अमन कुमार मास्के, ललितपुरका प्रेम भक्त महर्जन, सिन्धुलीका सुकमाया तामाङ र चितवनका कृष्णप्रसाद सिलवालको नाम टुङ्याएको हो । उनीहरू मध्ये कसलाई कुन मन्त्रालय दिने भन्नेबारेमा केही बेरमै टुङ्गो लाग्ने बताइएको छ ।
प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा बहादुर सिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । मुख्य मन्त्री नियुक्ती भएलगत्तै मन्त्रीमण्डर बिस्तार हुने भएको छ । नयाँ मन्त्रीस्हरुले भोली बुधबार सपथ ग्रहण कार्यक्रम राखेको वागमति प्रदेश मुख्य मन्त्री कार्यालयले जानकारी दिएको छ ।

एमालेले यो पटक मन्त्री बनाउदा नयाँलाई अवसर दिएको छ । मन्त्री बन्ने ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन् । एमालेबाट मन्त्री हुनेमा भक्तपुरका थापासहित बागमती प्रदेशको मन्त्रालयको भागबन्डामा एमालेले ६ र कांग्रेसले मुख्यमन्त्री सहित ७ मन्त्रालय लिनेगरी सहमति भएका थियो ।
सहमति अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय छोड्ने र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने सहमति भउको छ । कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको हो ।
एमालेले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास लिने सहमति भएको छ ।
कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम बहादुर खड्का, विमल ठकुरी, मीनकृष्ण महर्जन, समिता खड्की, हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल र विनु रायमाझीलगायत मन्त्रीका आकांक्षी रहेका छन् ।
बागमती प्रदेशमा नेकपा एमाले र नेपाली काङ्ग्रेसको आधा आधा कार्यकाल मुख्यमन्त्री नेतृत्व गर्ने सहमति भएको छ। सुरुवातमा नेपाली काङ्ग्रेसका दलका नेता बहादुर सिंह लामा २० महिना र त्यसपछि नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति बनेको हो।

