बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भक्तपुरका सांसद किरण थापालाई

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भक्तपुरका सांसद किरण थापालाई



काठमाडौं, ८ साउन । बागमती प्रदेश सरकारमा भक्तपुरका किरण थापाले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । एमालेको भागमा परेको ६ वटा मन्त्रालय मध्ये एमाले भक्तपुरका जुझारु एवं विकासप्रेमी युवा नेता किरण थापालाई नेकपा एमालेले स्वास्थ्य मन्त्रीमा सिफारिस गरेको हो ।

वागमति प्रदेश सरकारले आजै मन्त्रीमण्डल बिस्तार गर्ने भएको छ । जसमा एमालेबाट किरण थापा सहित काठमाडौंका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपंक्षी मन्त्रालय, काठमाडौंकै अमन कुमार मास्केलाई भौतिक पूर्वाधार मन्त्रालय, ललितपुरका प्रेम भक्त महर्जनलाई श्रम तथा रोजगार यातायात मन्त्रालय, सिन्धुलीका सुकमाया तामाङलाई उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र चितवनका कृष्णप्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको छ । यसका लागि एमालेले मन्त्रीमा सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित