मङ्लबार, जेष्ठ १२, २०८३ | Tue May 26, 2026


सुकुटे पुगे माओवादी अध्यक्ष प्रचण्ड

सुकुटे पुगे माओवादी अध्यक्ष प्रचण्ड



सिन्धुपाल्चोक, २९ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएको छ ।

माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८ औं पुरुष र ७ औं महिला राष्ट्रिय वीच भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका लागि उहाँ आज सुकुटे आइपुग्नुभएको हो ।

दाहाल भोलिसम्म सिन्धुपाल्चोकमै रहने कार्यक्रम छ । पहिलो पटक नेपालमा हुन लागेको यस प्रकारको राष्ट्रिय स्तरको वीच भलिबल प्रतियोगिताले सुकुटे क्षेत्रको पर्यटन र खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । दाहालसँगै अग्नी सापकोटा, माधव सापकोटा लगायत माओवादीका नेताहरूपनि सुकुटे पुग्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  प्रचण्डले पदका लागि नै राजाको विरोध गरेको नौटंकी गरेका हुन् ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित