चाँगुनारायण, १९ भदौ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीलाई मातृशोक परेको छ । नेकपा एमालेका नेता, समाजसेवी एवं उपप्रमुख बुढाथोकीको ममतामयी आमा ईश्वरी बुढाथोकीको ७६ वर्षको उमेरमा शुक्रबार आफ्नै निवासमा निधन भएको हो ।
केही वर्षयता क्यान्सरको निरन्तर उपचारमा रहनु भएको उहाँ आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरि दाहसंस्कार गरिने बताईएको छ । उहाँको पति, दुई छोरा र दुई छोरी रहेका छन् ।
आमाप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै परिवारजनमा श्रीपशुपतिनाथले धैर्यधारण गर्न सक्ने क्षमता प्रदान गरुन भन्ने कामना गर्दछौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

