आइतवार, माघ २७, २०८१ | Sun February 09, 2025


आशिका तामाङ पक्राउ

आशिका तामाङ पक्राउ



काठमाडौं, २ माघ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरी पक्राउ गरेको छ । बुधबार दिउँसो काठमाडौंको गौशालाबाट तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार सुरक्षाकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले थप विवरण सार्वजनिक नगरे पनि पछिल्लो समय उनले अभियन्ताका रूपमा प्रहरीलाई समेत अभद्र शैलीमा प्रश्नउत्तर गरेका भिडियोहरू सार्वजनिक भएका थिए ।

उनले सरसफाइ, उपभोक्तालाई पानीको मूल्य, पार्किङ शुल्क लगायतका विषयमा सामाजिक संजालमा भिडियो पाेस्ट गर्दै आएकी थिइन् । तामाङले सामाजिक अभियन्ता र सक्रिय कार्यकर्ताका रूपमा आफ्नो परिचय दिंदै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  चाँगुनारायण नगरपालिकाको पाँच वर्षमा सात करोड बेरुजु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित