शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


बाग्मती प्रदेशको मुख्यमन्त्रीमा लामा नियुक्त

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा लामा नियुक्त



काठमाण्डौं, ८ साउन । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त हुनुभएको छ ।

नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेश गर्नुभएका लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको । एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश प्रमुख शर्माले आज बेलुका ५ बजेभित्र बहुमतको सरकार गठनका लागि अस्ति आइतवार आह्वान गर्नुभएकाे थियो । लामा नुवाकोटको प्रदेश सभाबाट निर्वाचित हुनुहुन्छ ।

बाग्मतीमा यसअघि एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल मुख्यमन्त्री रहेकोमा एमाले र कांग्रेस मिलेपछि उहाँले राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्रीसँगै बाग्मतीमा मन्त्रालयको समेत भागबन्डा टुङ्गिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  स्वास्थ्य मन्त्री किरण थापाले बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदि औषधि) खुवाउदै अभियानको उद्घाटन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित