शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


राधिका शाक्यले भन्नुभयो, “ एउटा जिवित म्युजियम र ऐतिहासिक लाईब्रेरीका रुपमा छोडेर जाने इच्छा थियो, खरानी भयो”

राधिका शाक्यले भन्नुभयो, “ एउटा जिवित म्युजियम र ऐतिहासिक लाईब्रेरीका रुपमा छोडेर जाने इच्छा थियो, खरानी भयो”



भक्तपुर, ४ असोज : आगोले खरानी भएका दुईवटा भवन । भवनको छेवैमा टहरा जस्तो सानो अर्को भवन । त्यही भवनमा कुनै आधा जलेका, कुनै पुरै जलेर खरानी भएका र केही खरानी लतपतिएका सग्लो किताबहरु । यत्रतत्र खरानीको रासमाथि छरिएका ।
तिनै खरानी माथि उभिएर छरपष्ट आधा जलेका र केही सग्ला पुस्तकहरु हातले उठाएर ट्कट्क्याउँदै निकै स्तब्ध र भावुक दृश्य हो  सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवासमा आज पुग्नु भएकी ओली पत्नी राधिका शाक्यको ।
भदौ २३ र २४ गते जेन्जीले चलाएको भ्रष्टाचार बिरोधी आन्दोलनका क्रममा २४ गते बालकोटस्थित ओली निवासमा भएका आगजनीबाट उहाँको निवास, बैठक एवं अतिथि गृह, पुस्तकालय र सुरक्षा निकायको निवास जलेर खण्डहरमा परिणत भयो ।  त्यही खण्डहर नियाल्न आज बालकोटस्थित निवास पुग्नु भएकी ओली पत्नी राधिका शाक्य आफ्नो बालकोटस्थित जलेको घरको खण्डहरुमा बसेन निकैबेर भावविह्वल हुनु भयो ।
शाक्यले भन्नुभयो, “यो घर त यसैपनि सरकारलाई दिईसकेका थियौ । नयाँ पुस्ताका लागि यो घरलाई एउटा जिवित म्युजियम र ऐतिहासिक लाईब्रेरीका रुपमा छोडेर जाने इच्छा थियो, त्यो ईच्छा खरानी भयो, खै अब के छाडेर जानु र ?  चाईना, कम्बोडिया, भारत, भियतनाम लगायत बिभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुले मायाको चिनो रुपमा दिएको एकदम अमूल्य बस्तुहरु पनि सबै जलेर खरानी भएछन् ।”
उहाँले तलको कोठामा विदेशीले दिएको मायाको चिनो र माथिल्लो कोठामा नेपालीहरुले दिएको मायाको चिनो ६ महिना लगाएर जतनका साथ संगालेर राखेको बताउदै सबैभन्दा धेरै महत्वपूर्ण, अमूल्य खालका मायाको चिनो तथा पुस्तकहरु जलेको बताउनुभयो ।
शाक्यले भन्नुभयो, “यहाँ करिब २०० वटा बुद्धका मूर्तिहरु मात्रै थिए । मेरो पसिनाले जोगाएर राखेको थिएँ, बालवाटारबाट १०–१५ दिनमा आउँथे, दिनभरि बसेर सबै मिलाउथे, कही केही नमिलेको जस्तो लागे दिनभर यहाँ काम गरेर सबै मिलाएर फर्कन्थे । जे होस एउटा राम्रो र सद्धे पुस्तकालय छाडेर जाने बिचार थियो, अब यस्तो छोडेर जानु पर्यो नी ।”
३३ वर्ष राष्ट्र बैंकमा काम गरेर कमाएको पैसाले जग्गा किनर घर बनाएको बताउदै उहाँले जीवन भरको आफ्नो पसिनाको मूल्य जलेको बताउदै भन्नुभयो, “घर त बनाउँदा फेरी बन्छ, तर यो ईतिहास अब फेरी बनाउँन सकिदैन । इतिहास जलाए, यही इतिहास पढ्ेका भए, बुद्धि त आउथ्यो होला ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित