सोमवार, अशोज १२, २०८३ | Mon September 28, 2026


एक वर्षमा पन्ध्र जनाको सहित २६ जनाको कलेजो प्रत्यारोपण

एक वर्षमा पन्ध्र जनाको सहित २६ जनाको कलेजो प्रत्यारोपण



भक्तपुर, ८ साउन । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आ. व. २०८०/८१ मा १०० प्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण गरेको छ । सबै कलेजो प्रत्यारोपित तथा कलेजो दाता सकुशल घर गएका छन ।

कलेजो प्रत्यारोपण शल्यि चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा पछिल्लो समय एक जना मात्र विदेशी चिकित्सकको उपस्थितिमा केन्द्रकै प्रत्यारोपण टोलिले कलेजो प्रत्यारोपण गर्ने गरेको हो ।

विरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी कलेजो प्रत्यारोपण जस्तो अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त संख्यामा नियमित नभए सम्म जुन सुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु उपयोगी हुने कुरा डा. श्रेष्ठले बताउनु भयो ।

 

केन्द्रमा बिरामीको बिग्रेको पुरै कलेजो हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पुरै कलेजो प्रत्यारोपण गर्ने गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रमा ३ वर्षको बालक देखी ६८ वर्षका नागरिकको सम्म कलेजो प्रत्यारोपण भएको छ ।

सन् २०१६ मा दक्षिण कोरियाको सामसुङ् मेडिकल सेन्टरको प्राविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपण शुरु गरेको यस केन्द्रले सन् २०१९ मा डा.श्रेष्ठकै नेतृत्वमा नेपाली चिकित्सकको टोलीबाट पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो ।

केन्द्रले हालसम्म गरेको २६ जनाको कलेजो प्रत्यारोपण मध्ये २४ जना ग्रहणकर्ता पुरुष र २ जना मात्र महिला छन भने १८ जना कलेजो दाता महिला र ८ जना दाता पुरुष रहेको केन्द्रले जनाएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा न्युनतम शुल्क रु १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित