आइतवार, अशोज २७, २०८१ | Sun October 13, 2024


स्वास्थ्य मन्त्री किरण थापाद्धारा सूर्यवनायकका बाढी पहिरो क्षेत्रको स्थलगत अवलोकन 

स्वास्थ्य मन्त्री किरण थापाद्धारा सूर्यवनायकका बाढी पहिरो क्षेत्रको स्थलगत अवलोकन 



भक्तपुर, १५ असोज । बागमति प्रदेश सरकारका स्वस्थ्य मन्त्रि किरण थापाले आज सूर्यविनाष्क नगरपालिका क्षेत्रका बाढी तथा पहिरोग्रस्त क्षेत्रको अवलोकन एवं निरीक्षण गर्नु भएको छ ।
अबिरल परेको वर्षाका कारा गतशनिवार आएको बाढी तथा पहिरोले पुर्याएको क्षतिबारे स्थलगत निरीक्षण गरि क्षतिको अबस्थाबारे जानकारी लिन उहाँ सहित नेकपा एमालेका अध्यक्ष बचन देउजा, वागमति प्रदेश सभाका पूर्व सांसद शशीजंग थापा, एमाले जिल्ला सचिव बिष्णु तामाङ्ग, सूर्यविनायक नगरपालिकाका प्रवक्ता वं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं. ४ का वडाध्यक्ष लछुराम न्यापाने, मन्त्री थापाका स्वकीय सचिव राजकुमार सिलवाल एवं सामाजिक अभियन्ताहरुको सहभागिता रहको थिये ।
टोलीद्धारा क्षतिग्रस्त क्षेत्रहरु वडा नं. १, ४, ५, ७, ८, ९ लगायतका क्षेत्रहरु मध्ये बिरुवा, दधिकोट, गाम्चा, तर्खगाल, गुण्डुको बिभिन्न क्षेत्रहरु, कटुञ्जे, गडेधारा टोल, सिपाडोलका पहिरो ग्रस्त क्षेत्रहरु, रानीकोट, घ्याम्पेडाडा, पलासेलगायतका बिभिन्न क्षेत्रहरुको पसहरोग्रस्त क्षेत्रको अवलोकन गर्नु भएको थियो । बाढी पहिरोले आवास, सडक, पुल लगायतका भौतिक संरचनामा पनि नोक्सानी पुर्याएको छ ।
अनुगमन पछि स्वास्थ्य मन्त्री किरण थापाले भन्नुभयो, “अविरल वर्षाका कारण सूर्यविनायक क्षेत्रमा गएको बाढी र पहिरोले पारेको प्रभाव र क्षतिको स्थलगत अवलोकन गरियो । सडकहरुमा पहाडहरु नै पहिरो आएर बसेको छ, डोजर लगाएर पन्छाउने काम भइरहेको छ, बाटोसूचारु गर्ने प्रयास जारी छ । स्थानीय जनताहरुको गुनासो सुन्यौ, जनताले सरकार महसुस गर्ने गरि काम गर्नेछौ ।”
बिकासका लागि आफूले प्रदेश सरकाबाट जतिसक्दो धेरै बजेट ल्याएर काम गर्ने बताउनुभयो । उहाँले गरिएको बिकास धेरै नै बिनास भएको बताउदै तत्काल सडक खुलाउने, यातायात र आवतजावत सहज बनाउने, पहिरो पन्छाउने, घरमा पुगेको क्षतिहरुको अबस्था र सहयोग पुर्याउने, पहिरो रोकथामका लागि आवश्यक सामग्री उपलब्ध गराउने र दीर्घकालिन रुपमा तीन तहकै सरकारको बजेटले पुर्ननिर्माण गर्ने बताउनुभयो ।
बाढी पहिरोमा परेर घाइते भएकाहरुको निःशुल्क उपचारको व्यबस्था गरिएको उहाँले बताउनुभयो । भक्तपुर लगायत वागमित प्रदेशको सबै जिल्लाका क्षतिग्रस्त क्षेत्रको पुर्ननिर्माणमा वागमति प्रदेश सरकार लाग्ने बताउदै उहाँले देशलाई विपत्त परेको बेलामा संयमतता अपनाएर सबै अगाडि बढ्नु पर्ने उहाँले बताउनुभयो । उहाँले वागमति प्रदेशका सबै जिल्लामा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने व्यबस्था गरिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नेवार समुदायले गुँपुन्ही मनाउँदै, भ्यागुताको पूजा, भक्तपुरका कुण्डमा मेला

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित