शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


स्तन क्यान्सर परिक्षणमा ५० प्रतिशत छुट

स्तन क्यान्सर परिक्षणमा ५० प्रतिशत छुट



काठमाडौँ, २९ असोज । भक्तपुर क्यान्सर अस्पतालले स्तन क्यान्सर परीक्षणमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । दशैं तिहारको अवसर साथै अक्टोबर स्तन क्यान्सर सचेतना महिना समेत भएको भन्दै अस्पतालले सो छुटको घोषणा गरेको हो ।

‘विजया दशमी तथा शुभ दीपावली २०८१ र अक्टोबर ब्रेस्ट क्यान्सर सचेतना महिना समेत भएकोले सम्पूर्ण आमा तथा दिदी वहिनीहरुको ब्रेस्ट क्यान्सर स्क्रिनिङमा प्रयोग हुने मेमोग्राफी सेवामा १४ कात्तिक सम्म ५० प्रतिशत छुट गरिएको छ,’ अस्पतालद्धारा जारी सूचनामा भनिएको छ ।

अस्पतालका निर्देशक डा उज्वल चालिसेले ७ सय रुपैयाँमा म्यामोग्राम गर्ने सुविधा रहेको भन्दै ४० वर्ष केटेका महिला दिदी बहिनीहरुले स्क्यान गरी क्यान्सर छ छैन ढुक्क हुन अनुरोध गरेका छन् । म्यामोग्राम महिलाको स्तन क्यान्सर भए–नभएको थाहा पाउने एक किसिमको एक्स–रे पद्धति हो । स्तनलाई बीचमा राखेर दाया बायाँ तथा तल माथिबाट मेमोग्रामले स्तन च्यापी एक्स–रे गरिन्छ ।
यो विधिअनुसार स्तनको एक्स–रे गरी फिल्म तयार गरिन्छ । जसबाट स्तन क्यान्सर भए–नभएको थाहा पाउन सकिन्छ । यसरी रोग लाग्नुपूर्व नै रोगको संकेत छ वा छैन भनेर एकिने गर्ने स्वास्थ्य जाँचलाई ‘स्कृनिङ’ भनिन्छ । मेमोग्राम पनि महिलामा स्तन क्यान्सरको लक्षण छ वा छैन भन्ने स्पष्ट हुन स्क्रिनिङ गरिने गरिन्छ । चिकित्सकहरुका अनुसार ४० कटेका महिलाहरुले वर्षमा एक पटक मेमोग्राम गर्नु राम्रो मानिन्छ । स्तन क्यान्सर सुरुवातमै पत्ता लागेर उपचार गर्न सकेमा पूर्ण रुपमा निको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  प्राकृतिक विपद्: ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित