भक्तपुर, ७ कात्तिक : बागमती प्रदेशभरीका १३ वटा प्रदेशस्तरीय अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएको छ । बगमति प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आ ब २०८०÷८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेश स्तरीय बार्षिक समीक्षामा आज भक्तपुर अस्पताल प्रथम भएको घोषणा गरि प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालय हेटौडामा यही कात्तिक ५ गतेदेखि सुरु भई आज सम्पन्न अस्पतालले प्रवाह गरेको स्वाथ्य सेवा वार्षिक समीक्षा कार्यक्रममा आ.ब. ०८०÷०८१ मा अस्पतालद्धारा सम्पादित कार्य एवं सेवा प्रवाहमा मूल्यंकनमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भई परस्कार प्राप्त गरेको भक्तपुर अस्पतालकी निर्देशक डा. गौतमले जानकारी दिनुभयो ।आज भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थय मन्त्री किरण थापाले अस्पतालकी निर्देशक डां गौतमलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

