शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


१७ गते किजा पूजा (भाइ टीका) मनाउन भक्तपुर नगरको आग्रह

१७ गते किजा पूजा (भाइ टीका) मनाउन भक्तपुर नगरको आग्रह



भक्तपुर, ८ कार्तिक । भक्तपुर नगरपालिकाले कार्तिक १७ गते किजा पूजा (भाइ टीका) मनाउन आग्रह गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले यसवर्षको स्वन्ती नःखा तिहार २०८१ मनाउने विषयमा भक्तपुर तलेजुका पूजारीहरु, राजोपाध्याय नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरु, ज्योतिषविद्लगायतका सरोकारवालाहरुसँग बैठकले यस्तो निर्णय सहितको आग्रह गरेको हो।
बैठकले २०८१ कार्तिक १४ गते बुधबार काग तिहार मनाउने, कार्तिक १५ गते दिनको ३ः१४ बजेसम्म चतुर्दशी तिथि लाग्ने हुँदा कुकुर तिहार र १५ गते दिनको ३ः१४ बजेपछि औंसी तिथि लाग्ने हुंदा लक्ष्मी पुजा मनाउने, कार्तिक १६ गते साँझ ५ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकोले म्हःपूजा मनाउने, कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाई टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।

बैठकमा भक्तपुर नगरकी उपप्रमुख रजनी जोशी, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा ७ का वडाध्यक्ष उकेश कवां, नि. प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, भक्तपुर तलेजुका पूजारीहरु प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्योतिष वीरेन्द्रप्रसाद कायष्ठलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  एमालेको देउसी भैलो सम्पन्न

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित