सोमवार, साउन ११, २०८३ | Mon July 27, 2026


भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न भक्तपुर नगरपालिका बाधक बन्दै : स्वाथ्य मन्त्री थापा

भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न भक्तपुर नगरपालिका बाधक बन्दै : स्वाथ्य मन्त्री थापा



भक्तपुर, ११ कात्तिक । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिका बाधक बनेको बताउनु भएको छ ।
आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “स्वास्थ्य र फोहोर व्यवस्थापन विषयक” अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नगरपालिकालाई अस्पताल कम्पाउण्ड भित्रैको जग्गाको व्यबस्था गरिदिन आग्रह गर्दा आनाकानी गरिरहेको बतउनुभयो ।

उहाँले भन्नुभयो, “म आफैं दुई पटक भक्तपुर नगरपालिकाको मेयरसँग भेट गरेर जग्गा मिलाइदिन आग्रह गरे तर उहाँहरु आनाकानी गर्नुहुन्छ ।” भक्तपुर अस्पतालमा बाँकी थप जग्गामा सिटिस्क्यान राखेर सुविधा सम्पन्न बनाउनमा भक्तपुर नगरपालिका नै बाधक बनिरहेको छ यस प्रकारको रवैयाले भक्तपुर नगरपालिका विकासमा ५० वर्ष पछि धकेलिन्छ ।”

उहाँले आफू स्वास्थ्य मन्त्री भएपछि सम्पूणर् प्रादेशिक अस्पताललाई सुधार गर्न लागिरहेको बताउदै आफूले मन्त्रालय सम्हालेपछि थप जनशक्तिको व्यवस्थापन गरेर अस्पतालहरूमा कर्मचारी व्यवस्थापन गरेको बताउनुभयो । उहाँले भक्तपुर अस्पताल यसपटक पनि पहिलो नम्बरमा परेको स्मरण गर्दै अस्पताललाई सिटिस्क्यान मेसिन खरिद गर्न ८ करोड रुपैयाँ बजेट विनियोजन भएर मेशिन आउने बेलासम्म पनि नगरपालिकाले जग्गा नमिलाई अबरोधको राजनीति गरेर जनताको स्वास्थ्य माथि खेलवाड गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय भक्तपुरका कार्यालय प्रमुख शान्तिराम खतिवडाले अहिले उपत्यका सहित देशभरमा डेंगुको प्रकोप फैलिएकाले सचेत रहन सबैमा आग्रह गर्नुभयो ।

नेप्से म्याकका प्रबन्ध निर्देशक बाबुराम चौलागाइँले आफ्नो संस्था वातावरण स्वच्छता कायम गर्न सक्रियताको साथ लागेको बताउदै फोहोर व्यवस्थापन गर्न ग्रामीण क्षेत्रमा हप्तामा एक र सहरी क्षेत्रमा हप्तामा दुई पटक सवारी साधन पठाउने गरेको बताउनुभयो । नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता केदार अधिकारीले समस्याको उठान गर्नु भएको थिये ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद माफी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित