शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


भक्तपुरमा नेशनल बी चेस च्याम्पियनसिप प्रतियोगिता शुरु

भक्तपुरमा नेशनल बी चेस च्याम्पियनसिप प्रतियोगिता शुरु



भक्तपुर, १८ मङ्सिर : नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजना एवं सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा आजदेखि भक्तपुरमा नेशनल बी चेस च्याम्पियनसिप प्रतियोगिता शुरु भएको छ ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले उद्घघाटन गर्नु भएको राष्ट्रिय बी चेस प्रतियोगितामा ४० जना पुरुष र २० जना शीर्ष महिला खेलाडीको  सहभागीता रहेको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख थापाले भक्तपुर जिल्लाले बुद्धिचाल खेलको बिकास र उन्नतिमा विशेष पहल गर्दै आइरहेका चर्चा गर्दै चेस खेलमा सूर्यविनायक नगरपालिकाले लगानी गर्ने वातावरण बनेको बताउनुभयो ।
प्रतियागितामा प्रतिस्पर्धाबाट छनौट हुने ९ जना पुरुष र ९ जना महिला खेलाडीले नेपाल च्याम्पियनका शिर्ष तीन जना खेलाडीसंग राष्ट्रिय च्याम्पियनका लागि खेल्ने खेलकुद बिकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो । आगामी माघको दोश्रो साता हुने २५ औं राष्ट्रिय र १० औं महिला राष्ट्रिय च्याम्पियनमा हुनेछ ।
आज भएको महिला तर्फ पहिलो चरणको खेलमा ओलम्पियाड खेलाडी शान्ति धिमालले झापाकी पुनम प्रसाईंसंग १ अंक गुमाउँदा पराजित भोग्नु परेको छ । आजको खेलमा प्रसाईसंगै किर्तिपुरका बिनिता कपाली, पर्साका शुशिला गुरुङ, चितवनकी लक्ष्मी कँडेल, ईषा गिरी, नयुमा मगर र निहाना श्रेष्ठले १–१ अंक जोडेका छन् ।
त्यस्तै पुरुष तर्फको चेस प्रतिस्पर्धामा मकवानपुरका पुरुषोत्तम सिलवाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, दोलखाका आशिष् फूँयाल, बनेपाका राहुल चौ प्रधान, सुसन आचार्य, धिरेन राई, ललितपुरका सानुराज बज्राचार्य, रौतहटका एफएम रुपेश जैसबाल, झापाका प्रकाशचन्द्र नेपाल, हेटौंडाका सिएम मिलन लामाले आफ्ना खेल जितेर शुरुआति अंक जोड्न सफल भएका छन् ।
त्यस्तै भक्तपुरका निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका सिएम नविन तण्डुकार, प्रेमकृष्ण महर्जन, भक्तपुरका राजेश कक्षपति, ललितपुरका सानुभाई महर्जन, विनय थापा र प्रसित खनालले जित हात पार्दै संयुक्त अग्रस्थानमा उभिन सफल भएका छन् । पाँच दिनसम्म चल्ने प्रतियोगितामा जम्मा ९ चरणको खेल हुने आयोजक नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सूयविनायक नगर अस्पताल ५० शय्यामा बिस्तार,  अब ट्रमा सेन्टरको रुपमा बिस्तार गर्छौ : मन्त्री थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित