बुधबार, साउन २७, २०८३ | Wed August 12, 2026


पत्रकार महासंघ भक्तपुरमा दुईदलीय सहमति, बिद्रोह गर्नेलाई कारबाही

पत्रकार महासंघ भक्तपुरमा दुईदलीय सहमति, बिद्रोह गर्नेलाई कारबाही



भक्तपुर, २७ मङ्सिर । नेपाल पत्रकार महासंघको भोली २८ गते शुक्रबार हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको आधिकारिक संयुक्त प्यानलको उम्मेदवारलाई मतदान गर्न नेपाली काँग्रेस र नेकपा एमाले भक्तपुरले आव्हान गरेको छ ।

पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको आधिकारिक उम्मेदवार सुन्दर शिल्पकार नेतृत्वको संयुक्त प्यानललाई मतदान गरि विजयी गराउन काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा र एमाले भक्तपुर अध्यक्ष बचन देउजाले हस्ताक्षर गरी संयुक्त बिज्ञप्ती जारी गर्दै यस्तो आव्हान गर्नु भएको हो ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको केन्द्रीय नीति एवं सहमति र सम्झौता अनुसार नै भक्तपुर जिल्लामा पनि पत्रकार महासंघको निर्वाचनमा जाने सहमति भएपनि केही व्यक्तिले सहमति विपरित छुट्टै प्यानल बनाएर उम्मेदवारी दिने र मतदातालाई सहमति विपरित भ्रम छर्ने कार्य गरेमा त्यस्ता व्यक्तिलाई कारबाही गर्ने निर्णय गर्दै बिज्ञप्ती जारी गरेको हो ।

काँग्रेस सभापति थापा र एमाले अध्यक्ष देउजाले आधिकारिक उम्मेदवारहरु निम्न लिखित उम्मेदवारलाई विजयी गराउन आव्हान गर्नु भएको हो । अध्यक्ष सुन्दर शिल्पकार, उपाध्यक्ष (खुल्ला) हेमराज ढकाल, उपाध्यक्ष (महिला) कविता अधिकारी, सचिव आशिष पौडेल, कोषाध्यक्ष हरिशरण तिमिल्सिना, सह–सचिव विरेन्द्र चौलागाई, सह–सचिव (समावेशी) राम तितजुलाई मतदान गरि निर्वाचित गराउन उहाँहरुले आव्हान गर्नु भएको छ ।

त्यसैगरि सदस्यहरुमा नारायण थापा, सृजना खतिवडा, निश्चिल प्रजापति, रजित तको, राजकुमार लामिछाने, रामसुन्दर खाइतु, केशव तिमिल्सिना, शिवराम पालुबञ्जार, शुदर्शन आचार्य र रेनु त्वायनावासुलाई मतदान गरि विजयी गराउन आव्हान गरेको हो ।

महासंघको केन्द्रीय परिषद सदस्यमा गोपाल खनाल, केदारनाथ कोइराला, पेशल आचार्य र रमेश गिरीलाई मतदान गर्नसमेत उहाँहरुले आव्हान गनु भएको छ । त्यसैगरि उपत्यकातर्फबाट केन्द्रीय सदस्य पुष्करराज बुढाथोकी, उपत्यका प्रदेमा समावेशी सचिवमा मोहन बल्ल, खुल्ला सदस्यमा रामचन्द्र प्रजापति, संगम लामालाई मतदान गरि विजयी गराउन आव्हान गर्नुभयो ।

यो पनि पढ्नुहोस  ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद् : एमाले

काँग्रेस सभापति थापा र एमाले अध्यक्ष देउजाले भक्तपुर पत्रकार महासंघको भवन बनाउने महत्वपूर्ण जिम्मेवारी पुरा गर्दै पत्रकारहरुको दुर्घटना बिमा, स्वास्थ्य बिमा, व्यवसायिक र मर्यादित पत्रकारिता अबलम्न गर्न, डिजिटल प्रबिधि मैत्री पत्रकारिताको विकास गर्न, पत्रकार हितकोष स्थापना गर्ने जस्तो महत्वपूर्ण कार्य र जिम्मेवारी पुरा गर्न शिल्पकार नेतृत्वको टिमलाई विजयी गराउन आव्हान गर्नुभयो ।

2 Party agreement Bhaktapur (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित