शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


नेपाल पत्रकार महासङ्घ भक्तपुरको अध्यक्षमा शिल्पकार निर्वाचित, उपाध्यक्षमा ढकाल

नेपाल पत्रकार महासङ्घ भक्तपुरको अध्यक्षमा शिल्पकार निर्वाचित, उपाध्यक्षमा ढकाल



भक्तपुर । नेपाल पत्रकार महासङ्घ भक्तपुरको अध्यक्षमा सुन्दर शिल्पकार विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी जगत कृष्ण प्रजापतिलाई पछि पार्दै शिल्पकार विजयी भएका हुन् ।

यस्तै, उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, राजल छुँका हरिसुन्दर, कोषाध्यक्षमा राम गोपाल तमखु, महिला सदस्यमा सिर्जना खतिवडा, सदस्यहरूमा मनोज कुमार फुयाँल, मणिराम लामिछाने , पुष्पाकुमारी साउद, सुदर्शन आचार्य, नारायण थापा, केशव प्रसाद तिमिल्सिना, राम सुन्दर खाइजु र राज कुमार लामिछाने चमत्कार विजयी भएका छन् । केन्द्रीय परिषद् सदस्यमा पेशल आचार्य, पूर्णभक्त दुवाल, जीवन ढुङ्गाना र रमेश गिरी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  मेडिकल कलेजमा सहज वातावरणमा भर्ना र पठनपाठन गराउन ७ विद्यार्थी संगठनहरुकोे माग

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित