भक्तपुर, १९ पुस : सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको अबधीमा कूल बजेटको १६ दशमलभ ०१ प्रतिशत बजेट खर्च गरेकोे छ । आज नगरपालिकाको १७ औँ नगर अधिवेशनमा प्रस्तुत प्रगति विवरणमा उल्लेख भएअनुसार चालू आ.बमा कूल बजेटको १६ प्रतिशतमात्रै खर्च भएको हो ।

सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्षको कुल बजेट १ अर्ब ४० करोड ३७ लाख २२ हजार रुपैयाँ पारित गरेकोमा ६ महिनामा नगरको कुल बजेटको ३५ करोड ८६ लाख ५० हजार रुपैयाँ मात्रै खर्च भएको नगरप्रमुख वासुदेव थापाले बताउनुभयो । नगरपालिकाको चालु खर्चतर्फ २३ करोड ४१ लाख ९१ हजार रुपैयाँ र पूँजिगततर्फ १२ करोड ४४ लाख ५९ हजार खर्च भएको छ ।
प्रमुख थापाले चालु आर्थिक वर्षको दुई महिना वर्षा, लगत्तै चाडपर्व सुरु भएकाले अपेक्षाकृत रुपमा बजेट खर्च हुन नसकेको बताउदै उहाँले चालु आर्थिक वर्षको बाँकी ६ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेको बताउनुभयो ।

उहाँले बाँकी ६ महिनामा बजेट खर्चको अवस्था सुधार हुने र आर्थिक बर्षको अन्त्यसम्ममा ९० प्रतिशत भन्दा बढी बजेट खर्च गर्दै नगरपालिकााके लक्ष्य हासिल गर्ने बताउनभयो । नगरपालिकले सवै भन्दा बढी बजेट भौतिक पूर्वाधारमा छुट्याएको छ ।

यसैगरी नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा ११ करोड ८८ लाख ५ हजार ७०३ रूपैयाँ राजस्व संकलन गरेको नगर अधिवशनमा उपप्रमख सरिता तिमसिना भट्टराईले बताउनभयो । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ६० प्रतिशत रकम बढी राजस्व संकलन गरेको बताउनुभयो ।
गतआर्थिक वर्षको ६ महिनामा नगरपालिकाले ११ करोड २४ लाख ९० हजार ८५१ रूपैयाँ राजस्व संकलन गरेको बताउदै उहाँले नगरपालिकाले चालु आर्थिक वर्षमा ४३ करोड ६० लाख ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1