भक्तपुर, १९ पुस : सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको अबधीमा कूल बजेटको १६ दशमलभ ०१ प्रतिशत बजेट खर्च गरेकोे छ । आज नगरपालिकाको १७ औँ नगर अधिवेशनमा प्रस्तुत प्रगति विवरणमा उल्लेख भएअनुसार चालू आ.बमा कूल बजेटको १६ प्रतिशतमात्रै खर्च भएको हो ।

सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्षको कुल बजेट १ अर्ब ४० करोड ३७ लाख २२ हजार रुपैयाँ पारित गरेकोमा ६ महिनामा नगरको कुल बजेटको ३५ करोड ८६ लाख ५० हजार रुपैयाँ मात्रै खर्च भएको नगरप्रमुख वासुदेव थापाले बताउनुभयो । नगरपालिकाको चालु खर्चतर्फ २३ करोड ४१ लाख ९१ हजार रुपैयाँ र पूँजिगततर्फ १२ करोड ४४ लाख ५९ हजार खर्च भएको छ ।
प्रमुख थापाले चालु आर्थिक वर्षको दुई महिना वर्षा, लगत्तै चाडपर्व सुरु भएकाले अपेक्षाकृत रुपमा बजेट खर्च हुन नसकेको बताउदै उहाँले चालु आर्थिक वर्षको बाँकी ६ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेको बताउनुभयो ।

उहाँले बाँकी ६ महिनामा बजेट खर्चको अवस्था सुधार हुने र आर्थिक बर्षको अन्त्यसम्ममा ९० प्रतिशत भन्दा बढी बजेट खर्च गर्दै नगरपालिकााके लक्ष्य हासिल गर्ने बताउनभयो । नगरपालिकले सवै भन्दा बढी बजेट भौतिक पूर्वाधारमा छुट्याएको छ ।

यसैगरी नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा ११ करोड ८८ लाख ५ हजार ७०३ रूपैयाँ राजस्व संकलन गरेको नगर अधिवशनमा उपप्रमख सरिता तिमसिना भट्टराईले बताउनभयो । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ६० प्रतिशत रकम बढी राजस्व संकलन गरेको बताउनुभयो ।
गतआर्थिक वर्षको ६ महिनामा नगरपालिकाले ११ करोड २४ लाख ९० हजार ८५१ रूपैयाँ राजस्व संकलन गरेको बताउदै उहाँले नगरपालिकाले चालु आर्थिक वर्षमा ४३ करोड ६० लाख ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको बताउनुभयो ।
उपप्रमुख भट्टराईले चालु आर्थिक वर्ष २०८१÷०८२ मा नगरसभाबाट स्वीकृत ३०३, नगर कार्यपालिकाबाट स्वीकृत ३५, संघ/प्रदेशबाट अख्तियार प्राप्त ३१ र विपद् व्यवस्थापनका लागि नगर कार्यपालिकाबाट स्वीकृत २१ गरी जम्मा ३९० वटा योजना रहेकोमा हालसम्म १२० वटा योजनाहरु सम्झौता भई योजना अनुगमन गरी ३४ वटा योजना फरफारक गरिएको बताउनुभयो ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

