भक्तपुर, पुस १९ । मध्यपुर थिमि नगरपालिका-२ सानो थिमिमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सानो थिमि धुन्चोपाखा बस्ने ३१ वर्षिय निश्चल प्रकाश राजभण्डारी छन् ।
गत मङ्लबार राती सानो थिमि चोकबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र.०२–०२८ प ६६१० नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका राजभण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । स्कुटर दुर्घटनामा मृतककी पत्नी २८ वर्षीया पुजा श्रेष्ठ घाईते छन् ।
दुर्घटनामा बेहोश भएका राजभण्डारीको बाँया खुट्टामा भित्री चोट, टाउको र अनुहारमा धसारीएको चोट र ढाँडमा भित्री चोट लागेको थियो भने बोल्न सक्ने अवस्थाका श्रेष्ठको बाँया खुट्टा भाँचिएको थियो ।घाईते भएका दुवै जनालाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल कौशलटार लगिएको थियो । राजभण्डारीलाई थप उपचारका लागि बिहिवार दिउँसो नर्भिक अस्पताल काठमाणडौं रिफर गरिएको र साँझ उपचारका क्रममा मृत्यु भएको डीएसपी न्यौपानेले बताए । घाईते श्रेष्ठको भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ

