भक्तपुर, २८ पुस । । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेतले जनताका लागि गरिने बिकासमा जनतालाई अन्याय हुने गरि कुनै काम नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।
सुर्यविनायक नगरपालिका वडा नं ४ र ५ का् सिमाना खोला आसपास डुवान समस्या समाधानार्थ खोला फराकिलो पार्न कार्यको साथै करिडोर निर्माणका लागि सिमांकनको अबस्थाबारे आज गरिएको स्थलगत अनुगमन पछि जनप्रतिनिधिहरुसंगको छलफलमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले जग्गा सिमांकनमा नियम नमिच्न र जनताको लागि गनिे बिकासमा कोही पनि जनतालाई अन्याय पर्ने र मर्का पर्ने गरि काम नगरी सबैलाई न्यन हुने गरि काम गर्न आग्रह गर्नु भएको हो ।
लगातार केही वर्षयता भिषण वर्षाो समयमा घट्टे खोलामा आएके बाढी र नयाँ बस्तीको पानी बस्तीभित्र पस्दा यहाँका ५० भन्दा बढी घरहरु डुबानमा परेर लाखौको क्षति व्यहोर्न परेपछि यहाँका बासिन्दाले नेकपा एमालेका नेताहरुलाई खोलामा करिडोर बनाइदिन माग गर्दै आएका छन् ।
वडा नं. ४ ले करिडोर निर्माणका लागि सिंमाकन गर्दै आठ मिटर खोला र त्यसको दायाँ बायाँ आठ आठ मिटरको करिडेर निर्माण गर्नेगरि फराकिलो गर्दै करिडोर निर्माण्को प्रक्रिया सुरु गरेपछि आज आइतबार जनप्रतिनिधिको टोलील अनुगमन गरेको थियो ।
आज नेकपा एमालेका पोलिटव्यूरो सदस्य, भक्तपुर इन्चार्ज एवं पूर्व मन्त्री महेश बस्नेत, वागमति प्रदेशसभाका स्वास्थ्य मन्त्री किरण थापा, सूर्य वियनाक नगरपालिकाका प्रमुख वासुदेव थापा, नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा, वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, एमाले जिल्ला कमिटी सदस्य एवं स्थानीय अनिता पाण्डे , वडा नं. ४ को वडा सदस्य एवं कार्यपालिका सदस्य तारा सापकोटा, नगरपालिकाका प्रमुख इन्जिनियर जनक न्यौपानेलगायत, वडा नं. ४ र ५ का जनप्रतिनिधिहरु र स्थानीवासीसमेतको सहभागितामा निर्माणाधिन कडिडार क्षेत्रको अवलोकन र बस्तुस्थितिबारे जानकारी लिनु भएको नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।
पूर्व सांसदसत रहनु भएको बस्नेत, मन्त्री थापा, नगर प्रमुख थापालगायतले करिडोर निर्माण क्षेत्रको अबस्था, सिमांकनको अबस्था र बजेट व्यबस्थापनको पाटोमा चासो र छलफल समत गरेको उहाँले जानकारी दिनुभयो । केन्द्रीय सरकार, प्रद्श सरकार र अपुग भएमा केही बजेट अपुग भएमा नगरपालिकालेसमेत बजटको व्यबस्थापन गर्दै करिडोर निर्माण सम्पन्न गर्ने र यहाँको बस्ती डुबान हुनबाट जोगाउनेबारे छलफल भएको उहाँले जानकारी दिनुभयो ।