शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


यसवर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने 

यसवर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने 



भक्तपुर, १ माघ : यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नियमित तथा ग्रेटबृद्धि परीक्षा आउँदो चैत ७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले चैत ७ गतेदेखि सुरु भएर चैत १९ गते सम्पन्न गर्ने निर्णय गर्दै आज एसईई परीक्षा–२०८१ को परीक्षा तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयोे ।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत ७ गते बिहिबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन संस्कृत वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत रचना र अनिवार्य अंग्रेजीको परीक्षा हुने भएको छ । सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने उहँले बताउनुभयो ।
दोस्रो दिन चैत ८ गते शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यसदिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ । यस्तै चैत १० गते आइतबार अनिवार्य गणित, चैत १२ गते मंगलबार अनिवार्य विज्ञान तथा प्रबिधि विषयको परीक्षा र सोही दिन संस्कृत वेदविद्याश्रम तर्फ र मदरसातर्फका ऐच्छिक विषयका परीक्षा सञ्चालन हुनेछ ।
चैत १३ गते बुधबार अनिवार्य सामाजिक अध्ययन, प्राबिधिक धारतर्फका ऐच्छिक विषय, संस्कृत वेदविद्याश्रमतर्फका विषयहरुको परीक्षा हुने भएको छ । चैत १४ गते बिहिबार संस्कृत तथा वेदविद्याश्रमतर्फका ऐच्छिक विषयहरु, प्राबिधिक धारतर्फका विभिन्न ऐच्छिक विषयको परीक्षा हुनेछ । चैत १५ गते शुक्रबार साधारण तथा सस्कृततर्फ वेदविद्याश्रमतर्फका सबै ऐच्छिक विषयहरु र प्राबिधिक धारतर्फका कृषि र पशुपालनसम्बन्धी ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने भएको छ ।
चैत १६ गते शनिवार प्राबिधिक धारतर्फका बिभिन्न विषयको परीक्षा सञ्चालन हुनेछ । चैत १७ गते आइतबार प्राबिधिक धारतर्फका बिभिन्न विषय, चैत १८ गते सोमबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषाको परीक्षा सञ्चालन हुने भएको छ । परीक्षाको अन्तिम दिन चैत १९ गते मंगलबार प्राविधिकधारतर्फ बिभिन्न विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नगरकोट भ्रमण वर्ष २०८२ मा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित