शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


चिनियाँको अपहरण आरोपमा चार भारतीय पक्राउ

चिनियाँको अपहरण आरोपमा चार भारतीय पक्राउ



काठमाडौं, ३ माघ । ठमेलबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

योजनाबद्ध रूपमा मङ्गलबार दिउँसो ठमेलस्थित काठमाडौँ स्क्वायर होटलबाट जबरजस्ती एमएच १६ डिजी ४९०४ नम्बरको भारतीय गाडीमा राखेर चिनियाँ नागरिकलाई  अपहरण गरी हेटौँडातर्फ लैजादैँ गरेको अवस्था प्रहरीले भिमफेदीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र प्रदेश सतरा जिल्ला फल्टन थाना घरभई काठमाडौं-२६ ठमेल बस्ने ३३ वर्षीय आशुतोष दत्तात्रय थोरात, ४० वर्षीय असफर युनुश शेख, भारत महाराष्ट्र प्रदेश अहमद नगर जिल्ला पाथरडी थानाका ३० वर्षीय अनमोल खरमाटे र ३२ वर्षीय अनमोल भन्ने अंबादास जगन्नाथ सिरसात छन् ।

उनीहरुलाई अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुर अस्पताल देशभरीकै उत्कृष्ठ, अस्पतालमा न्यूरो सेवा सञ्चालन गर्न एक करोड बजेट, एक महिना भित्र डाइलोसिस सेवा सुरु : स्वास्थ्य मन्त्री किरण थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित