शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिकास गर्न आवश्यक ः मन्त्री थापा

अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिकास गर्न आवश्यक ः मन्त्री थापा



भक्तपुर, ६ माघ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भएको छ ।
उहाँले हाईवेको नजिक रहेको यस अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिकास गर्न सके काभ्रे, सिन्धुपालचोक, रामेछाप, दोलखा र सिन्धुलीका बिरामीलाई पनि सेवा दिन सकिने बताउनुभयो ।

आज नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भक्तपुरलाई देशकै सबैभन्दा सानो र धेरै जनघनत्व भएको जिल्ला बताउँदै, उहाँले साढे चार बर्षको अवधिमा सडक दुर्घटनामा परेर एक हजार ५३० जनाभन्दा बढीले अनाहकमा ज्यान गुमाएको बताउनु भएको छ । मन्त्री थापाले भने, “सूर्यविनायक मात्र नभई, जहाँ जहाँ हाइवेसंग जोडिएका अस्पतालहरु छन्, त्यहाँ हामीले ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्छ भनेर लागिरहेका छौँ । आज साढे चार बर्षको दौरानमा एक हजार ५३० जनाभन्दा बढी सडक दुर्घटनाबाट मृत्यु भएको छ । धेरै मृत्यु समयमा अस्पताल पुर्याउन नसकेर भएको छ ।“

मन्त्री थापाले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउनका लागि मापदण्ड तय गर्दै पोलिक्लिनिक तथा मेडिकलको अनुगमन गरिरहेको जानकारी पनि दिएनुभयो । उहाँले यसपटक जम्मा ८०० कोटा भएको नर्सिङ्गमा ६ हजार ४०० जनाले नर्सिङ्ग पढ्न फर्म भरेको उल्लेख गर्दै, नेपालमै नर्सिङ्ग पढ्ने उपयुक्त वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले १०० बेडमा संचालन भएका अस्पतालहरुमा नर्सिङ्ग पढाउने व्यवस्था ऐनमा पारित भएको बताउनुभयो । उहाँले ३०० बेडमा संचालन भएका अस्पतालहरुले एमबिबिएस पढाउने व्यवस्था ऐनमा पारित भएको र आगामी वर्षदेखि पढाई संचालन हुने जानकारी पनि दिनुभयो । सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नेकपा एमालेका १७६१ नयाँ संगठित सदस्यले गरे सपथ ग्रहण, मिसन २०८४ अभियानको घोषणा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित