बुधबार, साउन २७, २०८३ | Wed August 12, 2026


शुटिङ्ग संघको भक्तपुर अध्यक्षमा राजु सिं बजिको सहित १३ सदस्यीय टोली चयन

शुटिङ्ग संघको भक्तपुर अध्यक्षमा राजु सिं बजिको सहित १३ सदस्यीय टोली चयन



भक्तपुर, १० माघ । भक्तपुर जिल्ला शुटिङ्ग संघको अध्यक्षमा राजु सिं बजिको चयन हुनुभएको छ । भक्तपुरमा आज भएको संघको साधारण सभाबाट बजिकोको नेतृत्वमा १३ सदस्य जिल्ला कमिटी गठन भएको हो । संघको उपाध्यक्षमा रामशरण बैजु, सचिवमा रोहित मानन्धर सहसचिवमा रचना लाखेमरु कोषाध्यक्षमा चन्द्र प्रसाद सुवाल चयन हुनु भएको छ ।

त्यसैगरि सदस्यहरूमा दिपा अधिकारी, सची बनेपाली, आशिष वैद्य, रामकृष्ण लवजु, अनिल फोजु, गोपीलाल श्रेष्ठ, सरोज केसी र कपिल देव नेपाल चयन हुनु भएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा, शुटिङ्ग संघ वागमती प्रदेश अध्यक्ष राजु दर्शनले संघका पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम, संविधान संशोधन गर्न हतार गर्न हुन्न : अध्यक्ष ओली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित