भक्तपुर, १० माघ । मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार भोजपुर पात्लेपानी गाउँपालिका–६ घरभई हाल काठमाण्डौ पेप्सिकोला बस्ने २३ वर्षीया सपना राईको मृत्यु भएको छ ।
बा. प्र.०१–०२७ च. ९२७ नं.को कार र बा. ५० प. ७४१ नं.को मोटरसाईकल ठक्कर खाएर भएको दुर्घटनामा घाइते सपनाको काठमाण्डौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको र अर्की घाइते मोटरसाइकलमा सवार सपनाकी ३ वर्षीया छोरी ईश्वरी राईको सोही अस्पतालमा उपचार गरि डिस्चार्ज भएकोे जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनमा संलग्न दुई वटै सवारी साधन र कार चालक रामेछाप सुनापाती गाउँपालिका–१ घरभई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1