बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


स्वास्थ्य मन्त्रालयका सेवा सुधारमा फड्को, ८ बजेदेखिनै ओपिडी सेवा सुरु, नर्सिङ्ग कलेज र ट्रमा सेन्टर सुरु हदै : स्वास्थ्य मन्त्री किरण थापा

स्वास्थ्य मन्त्रालयका सेवा सुधारमा फड्को, ८ बजेदेखिनै ओपिडी सेवा सुरु, नर्सिङ्ग कलेज र ट्रमा सेन्टर सुरु हदै : स्वास्थ्य मन्त्री किरण थापा



भक्तपुर, १७ माघ । वागमति प्रदेशका १०० शैयाको  जिल्ला अस्पतालले अब नर्सिङ्ग कलेज सञ्चालन गर्न पाउँने नीति प्रदेश सरकारले पारित गरेको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको १६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले उक्त कुरा बताउनु भएको हो । उहाँले आउँदो वर्षदेखि ३०० शय्याको भक्तपुर अस्पतालमा नर्सिङ्ग कलेज सञ्चालन गर्ने बताउद प्रदेशका अन्य अस्पतालले पनि मापदण्ड पुरा गरि कलेज सञ्चालन गर्न पाउने उहाँले बताउनुभयो ।

अब वागमति प्रदेशका अस्पतालहरुले बिहान आठ बजेदेखिनै ओपिडी सेवा सञ्चालन सुरु गरेको बताउदै मन्त्री थापाले भन्नुभयो, “म बागमती प्रदेशको स्वास्थ्य मन्त्री भइसकेपछि प्रदेशका सबै जिल्ला अस्पतालमा ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरेको छु । दूर्गमका नागरिकहरुलाई स्वास्थ्य सेवा दिन प्रत्येक अस्पतालले वर्षमा कम्तीमा एक वटा स्वास्थ्य शिविरहरु दुर्गममा गएर सञ्चालन गर्नु पर्ने नीति प्रदेश सरकारले पारित गरेको छ । अब दूर्गम गाउँका बिरामीले पनि स्वास्थ्य पहुँच पाउँने भएका छन् ।”

उहाँले दुईवटा राजमार्ग केन्द्रीत रहेर ट्रमा सेन्टर निर्माण गरिने बताउदै सूर्यविनायक नगर अस्पताल र धादिङको राजमार्गमा अर्को अस्पताललाई ट्रमा सेन्टर बनाउने तयारी गरेको बताउनुभयो ।

वर्तमान बागमती प्रदेश सरकारले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम यसका लागि बजेट विनियोजन गर्ने बताउदै उहाँले सडक दुर्घटनाबाट दैनिक ५÷७ जनाको दुःखद निधन हुने गरेकाले दर्घटनामा परेको बिरामीको छिटो उपचार गराउन राजमार्ग केन्द्रित गरेर ट्रमा सेन्टर बनाउन लागेको बताउनुभयो । भक्तपुरको जगातीमा रहेको नगर अस्पताललाई ट्रमा सेन्टर बनाउदाँ त्यसबाट भक्तपुर पूर्वका जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतले फाइदा लिन सक्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा उहाँले आफनो यहाँंसम्मको प्रगतिमा भगवान शिवजीको कृपा रहेको विश्वास व्यक्त गर्दै आफू यहाँसम्म पुग्न महादेवको कृपा रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले डोलेश्वर महादेव मन्दिरलाई आजको अबस्थासम्म पुर्याउन निकै मिहनेत गर्नु परेको स्मरण गर्दै दाताहरुको सहयागले मन्दिर, चौघरा सत्तललगायतका संरचनाहरु बनेको बताउनुभयो । डोलेश्वरका बिकाससंगै यहाँका जनताको आर्थिक उन्नती भएको,यहाँको उत्पादनहरु यहीँ खपत बढेको र नेपाललगायत भारतका पर्यटकहरुके आगमन बढेको र अन्य मुलुकका पर्यटकको समेत आगमन बढेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस  बढी भाडा लिने ३१ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा, वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेत, केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकाश समितिका अध्यक्ष धर्मराज बस्नेत, महासचिव हरिशरण बस्नेतलगायतले डोलेश्वर क्षेत्रको धार्मिक संगै आन्तरिक र बाह्य पर्यटकको केन्द्र बन्दै गएको बताउनुभयो । कार्यक्रममा महासचिव हरिशरण वस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्नप्रसाद छुकाँंले आयव्यय विवरण पेश गर्नुभयो भने समितिका उपाध्यक्ष रामेश्वर थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित