मङ्लबार, अशोज ६, २०८३ | Tue September 22, 2026


मन्त्री किरण थापा भन्नुहुन्छ : प्रदेशभित्रका सबै अस्पताल आठ बजेदेखिनै ओपिडी सेवा सुरु, अब १०० शय्याका अस्पतालले नर्सिङ्ग कलेज सञ्चालन गर्ने

मन्त्री किरण थापा भन्नुहुन्छ : प्रदेशभित्रका सबै अस्पताल आठ बजेदेखिनै ओपिडी सेवा सुरु, अब १०० शय्याका अस्पतालले नर्सिङ्ग कलेज सञ्चालन गर्ने



भक्तपुर, १८ माघ : वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आगामी २२ गतेदेखि देशभर एकैसाथ सुरु हुने पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी. खोप अभियान सफल पार्न सबैमा अव्हान गर्नु भएको छ ।
आज भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले १६ लाख किशोरीको लागि सञ्चालन गर्न लागेको खोप अभियान फिल पार्न आव्हान गर्नु भएको हो । उहाँले वागमती प्रदेश भित्रका कम्तीमा १०० शय्याका प्रादेशिक अस्पतालले अब नर्सिङ्ग कलेज सञ्चालन गर्न पाउँने नीति प्रदेश सरकारले पारित गरेको बताउनुभयो ।
उहाँले प्रदेश सभाले सरकारले पेश गरेको स्वास्थ्य ऐन पारित गरेसंगै यो कार्यान्वयनमा आएको बताउदै ३०० शय्याको भक्तपुर अस्पतालले आउँदो शैक्षिक सत्रदेखिनै नर्सिङ्ग कलेज सञ्चालन गर्ने भएको बताउनुभयो ।
त्यसैगरि वागमति प्रदेशका प्रादेशिक अस्पतालहरुमा बिहन आठ बजेदेखिनै ओपिडी सेवा सञ्चालन गर्न सुरु गरेको छ । मन्त्री थापाले भन्नुभयो, “म स्वास्थ्य मन्त्री भइसकेपछि प्रदेशका सबै जिल्ला अस्पतालमा ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरेको छु । यो नीति अब परिवर्तन हुदैन, विरामीहरुले धेरै भीड गरेर बस्नु पर्दैन, बिहान आठ बजेनै ओपिडी सेवा लिन आए हुन्छ ।”
त्यसैगरि प्रदेशले पारित गरेको स्वास्थ्य ऐनमा प्रदेश भित्रका निजी तथा सरकारी अस्पतालहरु मध्ये ५० शय्यासम्मका अस्पतालले वर्षमा एक पटक र त्यो भन्दा माथिका अस्पतालले वर्षमा दुई पटक अनिवार्य रुपमा दुर्गम गाउँमा गएर निःशुल्क स्वास्थ्य शिविर गर्नै पर्ने गरि व्यबस्थ गरेको छ । दूर्गमका नागरिकहरुलाई सहज स्वास्थ्य सेवा दिन र त्यहाँका नागरिकको रोगहरुको पहिचान गरि उपचारमा सहज पुर्याउन यतो व्यबस्था गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “म आएसंगै प्रत्येक जिल्लाको अस्पतालहरुको अनुगमन गरेको छ, त्यहाँको अबस्था, नागरिकको अबस्था बुझेर आवश्यक विशेषज्ञ जनशक्तिदेखि प्राबिधिक एवं मेशिनरी सामग्रीहरु पठाएको छ, त्यसैगरि दूर्गममा स्वास्थ्य शिविर अभियान सुरु गरेर पालिकाहरुमा आफै अभियान लिएर पुगेको छु ।”
उहाँले हालै पारित प्रदेश स्वास्थ्य ऐनमा यस्तो छ व्यबस्था प्रदेशभित्र राजमार्ग केन्द्रत गरेर दुईवटा ट्रमा सेन्टर निर्माण गरिने बताउनुभयो । राजमार्गमा हुने सवारी दुर्घटनामा परेकाहरुलई तत्कालै उपचार गरि मृत्युबाट जोगाउने लक्ष्यका साथ अरनिको राजमार्ग खण्ड अन्तर्गत जगातीमा रहेको सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिस्तार गर्ने बताउनुभयो ।
बागमती प्रदेश सरकारले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम यसका लागि बजेट विनियोजन गर्नेगरि राजमार्ग लक्षित गर्दै धादिङमा पनि राजमार्ग नजिक ट्रमा सेन्टर बनाउने वागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तयारी रहेको बताउनुभयो ।
मन्त्री थापाले भक्तपुर अस्पतालमा आठ करोडको लागतमा सिटी स्क्यान मेहिन जडान गर्ने तयारी गरेको बताउदै स्तन क्यान्सर रोक्न भक्तपुर अस्पतालमै एक करोड १० लाखको लागतमा मेमोग्राम मेशिन जडान गर्न बोलपत्र आव्हान गरेको बतउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाद्धारा पदभार ग्रहण लगत्तै तीन महत्वपूर्ण निर्णय

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित