भक्तपुर, २४ माघ । मध्यपुरथिमि नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषक सामग्री वितरण गरेको छ । कृषि यान्त्रिकरण तथा कृषि व्यवसाय प्रवर्द्वनका लागि नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरेको हो ।
मध्यपुरथिमि नगरका कृषकलाई इलेक्ट्रिक स्प्रेयर १०७ थान र यु.भि प्लास्टिक १७ थान वितरण नगरउप-प्रमुख विजय कृष्ण श्रेष्ठले गरेका छन् । उक्त कृषि यान्त्रिकरण सामग्रीले कृषकको कृषि कर्मलाई थप सहज बनाउनेमा विश्वस्त रहेको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1